Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ताप्लेजुङमा आगलागी घट्ना ः  ६७ बर्षीय बृद्दाको मृत्यु, एक किशोरी घाइते

  • 332
    SHARES
  • 332 Shares
  • काठाण्डौं ः ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा शुक्रबार बिहान आगलागी हुँदा ६७ वर्षीया चुलिमाया लिम्बुको मृत्यु भएको    छ । आगलागीमा परि  एक किशोरी घाइते भएकी छन् । स्थानीय रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी नातिनी १६ वर्षीया रेविना लिम्बु घाइते भएकीले अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख बालनरसिंह राणाले जानकारी दिए । चुलिमाया ग्यास लिण्डिर पड्किएर घाइते भएकी लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो । बिहान करिब ८ः२५ बजेतिर जस्ताले छाएको दुई तले घरमा आगो लागेको थियो । आगलागीका कारण उक्त घर क्षतिग्रस्त भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार