बुधबार साँझ बन्दीपुरको टुडीखेलबाट लडेर एक बिद्यार्थीको मृत्यु भएपछि बन्दिपुर गाउँपालिकाले गहिरो दु ः ख व्यक्त गरेको छ । बन्दीपुरगाउँपालिका–२ हल्थुम्का निवासी भानु माध्यमिक विद्यालय कक्षा ९ मा अध्यनरत १७ बर्षीय कृजन गुरुङको मृत्यु भएपछि गाउँपालिकाले दु ः ख व्यक्त गरेको हो । गाउँपालिकाले यस शोकको घडिमा मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली र परिवारजनहरुमा गहिरो समबेदना प्रकट गरेको छ । गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले टुडिखेलको भिरबाट लडेर असमायिक मृत्यु हुन गएकोमा सिङ्गो बन्दीपुर गाउँपालिका स्तब्ध भएको बताए । टुडिखेलबाट खसेर सख्त घाइते भएका गुरुङ्गको बन्दीपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गुरुङ्ग टुडिखेलमा लगाइएको रेलिङ्ग भत्किएर ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij