Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

क्षेत्रीय होटल संघ दमौली इकाईद्वारा जेष्ठ नागरिकलाई खाद्यान्न तथा फलफूल वितरण 

  • 349
    SHARES
  • 349 Shares
  • क्षेत्रीय होटल संघ तनहुँ दमौली बजार इकाईले वेदव्यास जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकहरूलाई बिहीबार खाद्यान्न तथा फलफूल वितरण गरेको छ । गुरुपुर्णिमको अवसर पारेर आयोजित सहयोग बितरण कार्यक्रममा चामल, नुन, तेल, तरकारी,फलफुल लगायतका सामाग्री वितरण गरिएको क्षेत्रीय होटल संघ दमौली बजार इकाईका सचिव अनुप दाहालले बताए । महिलाहरू द्वारा व्यासनगर पालिका स्थित चापाघाटमा रहेको आश्रममा हाल ५ जना बृद्भबृद्धाहरू रहेको आश्रमकि सचिव निर्मला मल्लले बताइन् । क्षेत्रीय होटल संघ तनहुँ दमौली बजार इकाईका सभापति संकर अधिकारीको सभापतित्वमा सञ्चालित सहयोग बितरण कार्यक्रममा बरिस्ठ उपाध्यक्ष बिकास खनाल, आश्रमकी कार्यवाहक अध्यक्ष सकुन्तला आले , होटल संघका जिल्ला सदस्य गणेश केसी , सीता पहारि , भावना रानाभाट , सन्तोष दाहाल  लगायत आश्रम सञ्चालन गर्ने दिदीबहिनीहरूको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण प्रति आश्रम परिवारले धन्यवाद ज्ञापन गर्दै भविस्यमा पनि यश किसिमको सहयोग साथ र हौसलाको अपेक्षा गरेको आश्रमकि सचिव मल्लले बताइन् । होटल संघले यस अघि पनि  विभिन्न समयमा विभिन्न ठाउँहरूमा सहयोग कार्यक्रम गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार