टिम नेपो तनहुँले फागुपूर्णिमाको होली व्यास १०, बैरेनी स्थित उज्यालो घर बालगृहका बालबालिकाहरु संग मनाएको छ । केक काटेर एकअर्कालाई रङ्ग लगाई होली पर्व मनाएको हो । बालगृहका बालबालिकाहरूको जिवनमा पनि खुसिको रङ्ग भर्दै भव्य रुपमा रमाइलो गरी मनाइएको थियो । उक्त कार्यक्रममा टिम नेपो तनहुँले उज्यालो घरका बालबालिकाहरुलाई शैक्षिक सामाग्री पनि सहयोग गरेको थियो । उक्त कार्यक्रम टिम नेपो तनहुँका अध्यक्ष मीन कुँवरको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रमका संयोजक टिम नेपो तनहुँका पुर्व अध्यक्ष गोविन्द तिमल्सेना रहेका थिए ।