Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

 तनहुँमा पहिलो दिन ४८४ जनाको म्यादी प्रहरीमा आवेदन 

  • 207
    SHARES
  • 207 Shares
  • जिल्ला प्रहरी कार्यालय तनहुँमा पहिलो दिन ४८४ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन् । आइतबार  साँझ अबेरसम्म लिइएको दरखास्त फाराममा महिला ९२ र पुरुष ३९२ जनाले आवेदन दिएका हुन् । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी माग गरिएपछि युवायुवतीहरुको फाराम बुझाउन बिहानै देखि भीड लागेको थियो । स्थानीय तहको निर्वाचनको लागि तनहुँको लागि एक हजार दुई सय ९२ जनाको दरबन्दी रहेको बताइएको छ । म्यादी प्रहरीमा भर्ती हुनका लागि युवायुवतीहरुको आर्कषण बढेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षयक युवराज खड्काले जानकारी दिए । प्रहरी प्रधान कार्यालय काठमाण्डौबाट भर्ना संम्बन्धी सूचना प्रकाशित गरेपछि आवेदनको लागि भीड लाग्ने गरेको छ ।  चैत्र ६ गते देखि चैत्र ११ गते शुक्रबार ५ बजेसम्म दरखास्त दिन पाइने व्यवस्था रहेको  छ । निर्वाचनमा खटिने म्यादी प्रहरीको अवधि ४० दिनको हुनेछ । म्यादी प्रहरीको लागि प्रहरीको जवान सरह आधारभूत तलब मासिक रु.बाइस हजार छ सय असी हुनेछ । प्रतिव्यक्ति बढीमा ४० दिनसम्मको लागि व्यक्तिगत खातामा रु.तीस हजार दुई सय चालिस,खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट सात हजार दुई सय,पोशाक तथा अन्य सामान खरि गर्ने गरी प्रतिव्यक्ति रु.६ हजारका दरले उपलव्ध गराइने व्यवस्था रहेको छ । आवश्यकता न्युनतम योग्यता नेपाली नागरिक हुनुपर्ने,कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको,कुनै रानैतिक दलको सदस्य नरहेको,शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेको र साधारण लेखपढ गर्न जानेको हुनुपर्ने व्यवस्था गरेको छ । म्यादी भर्नाको लागि नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपालमा कार्यरत रही निबृत्तभरण वा उपदान प्राप्त पुर्व सुरक्षाकर्मी तथा पुर्व वन रक्षकहरु प्हिलो स्थान दिइएको छ । त्यसैगरी,विदेशी मत्रि राष्ट्रका सुरक्षा निकायहरुका काम गरी सेवा निवृत्त नेपाली नागरिक,विगतका निर्वाचनहरुमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेकालाई व्यक्तिलाई प्राथामिकतामा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार