Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

म्याग्दे काफलस्वाँरा सामुदायिक भवनको  उद्घाटन

  • 285
    SHARES
  • 285 Shares
  • तनहुँको म्याग्दे गाउँपालिका वडा नँ ५ मा निर्मित काफलस्वाँरा सामुदायिक भवनको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेकी   छन् । भवनको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी अध्यक्ष रानाले सामुदायिक भवन निर्माण पश्चात् महिला दिदिबहिनी हरूलाई धेरै कुराले सहयोग पुग्ने बताइन् । सामुदायिक भवन नहुँदा घाम पानीमा बैठक तथा छलफल गर्न गार्‍हो थियो तर अब त्यो समस्या हटेको छ रानाले भनिन् । गाउँपालिकाले आवस्यकता लाई हेरि बजेट बिनियोजन गरेको र सबै वडामा बिकासका कामलाई समान रूपमा अगाडि बढाइएको बताइन् । कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न भएकोमा खुसि ब्यक्त गरे । म्याग्दे गाउँपालिकाको ६ लाख रूपयाँ आर्थिक सहयोग र स्थानीयको ६ लाख रूपयाँ बराबरको श्रमदान तथा स्थानीय समुदाय बाट १ लाख ४७ हजार संकलन गरि भवन निर्माण भएको हो । सुरज थापाको अध्यक्षतामा भएको उक्त भवन उद्घाटन कार्यक्रममा म्याग्दे ३ , ४ र ५  का वडा अध्यक्षहरू क्रमश श्रीबहादुर थापा , प्रेमबहादुर थापा र सिबबहादुर आले , कार्यपालिका सदस्य बद्रीका भट्टराई , हुतमणि अधिकारी , चिनिमाया थापा ,  राधा घिमिरे , नरमाया आले कुमारी आले राना , दिपक मल्ल लगायतका बक्ताहरूले बोलेका थिए । यस्तै सोहि वडामा निर्मित छाङ पाटन मोटर मार्गमा भएको पिचको पनि अध्यक्ष रानाले उद्घाटन गरेकी छन् । बाटोको उद्घाटन गर्दै रानाले बिकासका कामलाई गाउँपालिकाले तिव्रता दिएको बताईन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार