Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घरटहरामा बर्जियो डोजर,अन्य वडाका जनप्रतिनिधीले गर्लान् यस्तो हिम्मत ?

  • 638
    SHARES
  • 638 Shares
  • तनहुँ ९ चैत्र   व्यासनगरपालिका–२ स्थित डाँग्रीखोल्सीका सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घरटहरा बुधबार भत्काइएको   छ । व्यासनगरपालिका कार्यालयको आयोजनामा नेपाल प्रहरी,नगरप्रहरी,व्यासका इन्जिनियर र स्थानीयबासीको उपस्थितिमा अतिक्रमण गरि बनाइएका संरचनाहरु भत्काइएको हो ।  फागुन १ गतेभित्र व्यक्ति स्वयमले भत्काउने मौखिक सहमति भएपनि अतिक्रमण गरेका व्यक्तिहरुले कुनै चासो नदेखाएपछि नगरपालिकाले डोजर लगेर भत्काउन थालेको हो ।  अतिक्रमण गरि बनाइएका घरटहरामाथि  डोजर बर्जिन थालेपछि घरमा धक्का पर्ने डरले संम्बन्धित व्यक्तिले मान्छे लगाएर संरचना भत्काउन थालेका हुन् । 
    नगरपालिकाले माघ २६ गते अतिक्रमण गरि बनाएका केही घरटहरा भत्काएपनि केही घरमा पसल लगायतका सामाग्री भएकोले पन्छाउन केहीदिन माग गरि आफैले भत्काउने सहमति गरेका थिए । सहमति अनुरुप बनाइएका घरटहरा भत्काउन व्यक्तिले चासो नदेखाएपछि पटक पटक मौखिक एवं पत्राचार गर्दा पनि वेवास्ता गरेको पाइएकोले भत्काउने निर्णय अनुरुप भत्काइएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए ।  पटक पटक भन्दा पनि कुनै सुनुवाई भएन् । उनले भने ‘एक महिना भन्दा बढी समय बित्दा पनि वेवास्त भएको देखिएपछि नगरपालिकाले चासो देखाई भत्काएको हो ।’ 

    dd.jpg दमौली बजार क्षेत्रका  ठुला व्यक्तिले नै सार्वजनिक जग्गा अतिक्रमण गरी कव्जा गर्न थालेपछि अन्य सर्वसाधारणहरुले पनि क्रमिक रुपमा कव्जा गर्न थालेपछि यसलाई नियन्त्रण लिने प्रयास गरिएको उनले बताए । व्यासनगरपालिका–२ अन्र्तगत डाँग्रीखोल्सी,पानीघट्टा र मालेबगर क्षेत्रका चौध जना व्यक्तिबाट गरी करिब तीन रोपनी क्षेत्रफल जग्गा फिर्ता गर्न सफल भएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय जनजागृति र उत्तरशीला दुई वटा टोल विकास संस्थाको पहलमा रोक्न खोजेपनि संम्भव नभएको उत्तरशिला टोल विकास संस्थाका अध्यक्ष महेन्द्र रिजालले जानकारी दिए ।  

    man.jpgसंस्थाले भनेको समयमा संरचनाहरु नबनाएको भए यति ठुलो क्षति ब्योर्हनुनपर्ने उनको भनाई रहेको थियो । यसरी अतिक्रमण गरि बनाइएका संरचनामा नगरपालिकाले डोजर लगाएर भत्काउन थालेपछि अन्य वडामा जग्गा अतिक्रण गरी संरचना बनाएकाहरु डराउन थालेका छन् । त्यसैगरी व्यासनगरपालिका– ३ र ४ नंम्बर वडाहरुमा पनि अतिक्रमण गरि बनाइएका घरटहरा भत्काउन अभियान थाल्नुपर्ने देखिएको छ । व्यास २ का वडाध्यक्षले झै व्यासका अन्य वडाका जनप्रतिनिधीहरुले अतिक्रमण गरि बनाएका घरटहरा भत्काएर फिर्ता ल्याउन हिम्मत गर्छन् कि गर्दैनन् भन्ने चासो यतिबेला दमौलीबासीले लिन थालेका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार