बन्दिपुर गाउँपालिका–६ धरमपानीका ४६ जना भूमिहीनलाई बिगत लामो समय पछि जग्गाधनी पुर्जा हात परेको छ । सदियौं देखि बसोबास र करेसाबारी बनाएर बस्दै आएका त्यसक्षेत्रका व्यक्तिहरु पुर्जा बिहीन बस्दै आएका थिए । उनीहरुलाई ब्लक जग्गाको धनी पुर्जा बितरण गरेपछि खुशीले गद्गद भएका छन् । घर बनाएर बसे पनि खेती गरेर खाँदै आएपनि दुख पर्दा बिक्री तथा बैकमा धितो राख्न लगायतका कार्यबाट बञ्चित हुदै आएका थिए । उनीहरुलाई करिब ६ ब्लकमा गरेर पुर्जा बितरण गरिएको बन्दिपुर गाउँपालिका कार्यालयले जनाएको छ । पुर्जा नहुँदा बेचबिखन र व्यक्तिगत कार्यमा कठिनाई भोग्नुपरेको हुँदा आउँदा दिनमा सहज बनाउन बाटो खुलेको पुर्जा पाएका भीमबहादुर गुरुङले जानकारी दिए । पुर्जा नपाइर्ककनै मरिन्छ होला भन्ने सोचेको थिएँ । उनले भने ‘ढिलै भएपनि पुर्जा पाइयो, खुशीको सीमा रहेको छैन् ।’त्यसैगरी पुर्जा पाएका अर्का व्यक्ति नरबहादुर थापाले पुर्जा हातमा परेपछि बैकबाट धितो राखेर ऋण लिएर व्यवसायी गर्न सजिलो भएको बताए ।
बिगत लामो समयदेखि भूमिहीन बन्दै आएका त्यसक्षेत्रका बासिन्दाहरुले पुर्जा पाएपछि खुशीले गद्गद् भएको वडाध्यक्ष सन्त बहादुर गुरुङले जानकारी दिए । पुर्जा बितरण कार्य लामो समय देखि रोकिराखेको हुँदा त्यसक्षेत्रका बासिन्दाहरुलाई पुर्जा प्रदान गर्न नसकिएकोले गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । ढिलै भएपनि पुर्जा हस्तान्तरण गर्न पाउँदा उनीहरुले राहतको महसुस गरेका छन्, उनले भने । सेतो पुर्जा बितरण कार्यको लागि पनि फाराम भर्ने कार्य तीब्र रुपमा भैरहेको उनले जानकारी दिए । भूमि व्यवस्था सहकारी तथा निवारण मन्त्री शशी श्रेष्ठ र नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले बुधबार पुर्जा संयुक्त रुपमा हस्तान्तरण गरेको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij