रोट्र¥याक्ट क्लब अफ दमौलीद्वारा शुक्रबार दमौलीमा आयोजित तेस्रो स्वर्गीय राममाया स्मृती हाजिरी जवाफ प्रतियोगितामा मादिश्री आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । उक्त प्रतियोगितमा व्यास क्षेत्रका संस्थागत र सामुदायिक गरी दश वटा विद्यालयको सहभागीता रहेकोमा नौ वटा बिद्यालयलाई पछि पार्दै उक्त विद्यालयले प्रथम पुरस्कार हात पारेको हो । क्लबले विगत तीन वर्षदेखि स्वर्गीय राममाया राउतको स्मृतिमा आयोजना गर्दै आएको व्यास नगरस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । त्यस्तै प्रतियोगितामा कंकाई आवासीय माध्यमिक विद्यालय द्धितीय, चण्डीदेवि राष्ट्रिय माध्यमिक विद्यालय तृतीय र सत्यवती माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गर्न सफल भएको रोट्र¥याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउतले जानकारी दिए ।

प्रतियोगितमा स्थान, द्धितीय र तृतीय हुने समूहलाई क्रमश नगद रु.चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सय प्रदान गरिएको कार्यक्रम संयोजक रवि अधिकारीले जानकारी दिए । उक्त प्रतियोगितामा सान्त्वना हुनेलाई प्रमाणपत्र प्रदान गरिएको थियो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले युवाहरुलाई सिर्जनशिल बनाउन रोट्र¥याक्ट क्लबको भूमिका महत्वपुर्ण रहेको बताए । अहिलेको समयमा युवाहरु कुलतमा फसेर भविष्य अनिश्चित बनाइ रहेको बेला रोट्र¥याक्ट युवाहरुको भष्विय उज्वल बनाउने अभियानमा लागेकोमा प्रंशसा गर्दै समाज परिवर्तनको भूमिका खेल्न आग्रह गरे । साथै हाजिरजवाफ जस्ता कार्यक्रमले विद्यार्थीको ज्ञान र चेतनाको स्तर मापन गर्नुका साथै समाज, राष्ट्र र अन्तराष्ट्रिय घटना र परिवेशबारे जानकारी गराउने बताए । कार्यक्रममा शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले हाजिरी जवाफ प्रतियोगिताले बालकको आन्तरिक क्षमता उजागर गर्न सहयोग पुग्ने बताए । रोट्र¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष सुशान्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष दामोदर भण्डारी, रोट्र¥याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउत,इलेक्ट प्रेसिडेन्ट विशाल श्रेष्ठ लगायतका वक्ताहरुले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij