तनहुँ १२ चैत्र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादी स्थित महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित दुई भवनको शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । विद्यालयको भवन मात्रै राम्रो भएर हुदैन् । उनले भने ‘भौतिक संरचना संगसंगै गुणस्तर शिक्षा प्रदान गर्न आवश्यक रहेको छ । ’शिक्षा बिना विकासले फड्को मार्न नसक्ने भन्दै मुख्यमन्त्री पोखरेलले समयको माग अनुरुप शिक्षा दिन सक्नुपर्नेमा जोड दिए । प्राविधिक शिक्षा संञ्चालनको लागि तपाईहरु तयारी भएर आउनुस् प्रदेश सरकारबाट गर्ने सहयोगमा सदैब साथ र सहयोग मिल्ने उनले बताए ।

अहिलेको युग प्राविधिकको युग भएकोले प्राविधिकमैत्री शिक्षमा जोड दिनुपर्छ उनले भने ‘जस्तो सुकै प्रतिस्पर्धामा पनि डट्न सक्ने जनशक्ति उत्पादन गर्ने तर्फ लाग्नुपर्छ ।’ उक्त बिद्यालयको चार कोठे एउटा भवन पुननिर्माण प्राधिकरणको रु.६८ लाखको लागतमा निर्माण गरिएको हो । त्यसैगरी ६ कोठे भवनको अन्तराष्ट्रिय संस्था योङ लिभिङ फाउण्डेशनको रु.पचास लाखको लागतमा गरी दुई भवन निर्माण गरिएको हो । त्यसैगरी वडा कार्यालयको रु.पाँच लाखको लागतमा शुद्ध खानेपानी योजना समेत सम्पन्न गरिएको महेन्द्र माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बिजयराज खनालले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सभासद् आशा कोइरालाले प्राविधिक शिक्षाको लागि जोड दिदै आवश्यक पहल र सहयोगको लागि आफु पनि सदैब सकारात्मक भएर लाग्ने बताए । कार्यक्रममा म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना,वडाध्यक्ष शिवशरण वाग्ले,नेकाँ म्याग्देका उपसभापति पुष्पराज खनाल लगायतका वक्ताहरुले आफ्ना भनाई राखेका थिए । उक्त विद्यालयमा हाल ४१० विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij