तनहुँ १३ चैत्र
जिल्ला प्रहरी कार्यालय तनहुँमा तीन हजार चार सय उन्नचालिस जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको सुरक्षार्थ यही चैत्र ६ गते देखि चैत्र ११ गते शुक्रबार साँझसम्म उनीहरुले आवेदन दिएका हुन् । पुरुष तर्फ दुई हजार सात सय अठहत्तर र महिला तर्फ छ सय चालिस जनाले आवेदन दिएको प्रहरी नायव उपरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा तनहुँको लागि एक हजार दुई सय ९२ जनाको दरबन्दी रहेको छ । उनले भने ‘चैत्र १५ गतेदेखि २२ गतेभित्र छनोट प्रक्रिया सम्पन्न गरिनेछ ।’ म्यादी प्रहरीका लागि पूर्व म्यादी प्रहरी एक सय चौहत्तर जना र भुपु सुरक्षाकर्मी एक सय पचहत्तर जनाले आवेदन दिएका छन् । मापदण्ड अनुरुप शारीरिक फिट जाँच देखि,लिखित र अन्र्तबार्ताबाट छनोट भएकाहरुलाई चैत्र २५ गतेदेखि तालिम प्रदान गरिनेछ । निर्वाचनमा खटिने म्यादी प्रहरीको अवधि ४० दिनको हुनेछ । म्यादी प्रहरीको लागि प्रहरीको जवान सरह आधारभूत तलब मासिक रु.बाइस हजार छ सय असी हुनेछ । प्रतिव्यक्ति बढीमा ४० दिनसम्मको लागि व्यक्तिगत खातामा रु.तीस हजार दुई सय चालिस,खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट सात हजार दुई सय,पोशाक तथा अन्य सामान खरि गर्ने गरी प्रतिव्यक्ति रु.६ हजारका दरले उपलव्ध गराइने व्यवस्था रहेको छ । आवश्यकता न्युनतम योग्यता नेपाली नागरिक हुनुपर्ने,कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको,कुनै रानैतिक दलको सदस्य नरहेको,शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेको र साधारण लेखपढ गर्न जानेको हुनुपर्ने व्यवस्था गरेको छ । म्यादी भर्नाको लागि नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपालमा कार्यरत रही निबृत्तभरण वा उपदान प्राप्त पुर्व सुरक्षाकर्मी तथा पुर्व वन रक्षकहरु प्हिलो स्थान दिइएको छ । त्यसैगरी,विदेशी मत्रि राष्ट्रका सुरक्षा निकायहरुका काम गरी सेवा निवृत्त नेपाली नागरिक,विगतका निर्वाचनहरुमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेकालाई व्यक्तिलाई प्राथामिकतामा राखिएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij