तनहुँ १३ चैत्र
म्याग्दे गाउँपालिका वडा नँ ३ को नवनिर्मित भवनको आइतबार उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् । आर्थिक बर्ष ०७७÷०७८ र ०७८÷०७९ को दुबै बर्ष पुर्वाधार बर्षको रूपमा लिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । कुल लागत रु.८७ लाख ५७ हजार मध्ये ४५ लाख ३० हजार ९ सय २४ ( भ्याट बाहेक ) मा भवन निर्माणको लागि देउराली विल्डर्सले ठेक्का लिइ सम्पन्न गरेको गरेको हो । वडा कार्यालय भवन बनाउन निशुल्क रुपमा आठ आना जग्गा सहित पास खर्च समेत व्यहोर्ने गरी स्थानीय कृष्णराज पण्डितले प्रदान गरेका थिए । उक्त कार्यक्रममा जग्गादाता पण्डितलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भवनको उद्घाटन गर्दै प्रमुख अतिथी वाग्लेले सुन्दर ठाउँमा, सबै वडाबासीलाई पायक पर्ने स्थानमा भवन निर्माण गरिएको हुँदा सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने बताए । करोडौंको योजना सम्पन्न गराउन पाउनु, जनताको आवस्यकताको आधारमा रकम बाँडफाँड गर्न पाउनु वडाका जनप्रतिनिधिको लागि सुखद पक्ष भएको वाग्लेले बताए । यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ, जनप्रतिनिधि रोज्ने समय आएको भन्दै वाग्लेले एक दिनको बिवेकले पाँच बर्षको जनप्रतिनिधि चयन हुने हुँदा राम्रो काम गर्नेलाइ उम्मेद्वारी चयन गर्न आग्रह गरे । वडा कार्यलयलाई झण्डै ४२ वटा सिफारिस दिने अधिकार भएकोले सिंहदरबारको अधिकार टोल वडामा आएको आभास जनताले गर्न थालेको उनले चर्चा गरे । जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेलले तनहुँ जिल्ला भित्रका दश वटा स्थानीय तहमध्ये म्याग्दे गाउँपालिका महिलाले नेतृत्व गरेर उत्कृष्ट बन्न सफल भएकोमा खुशी व्यक्त गरिन् । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले वडा कार्यलयको भवन उद्घाटन हुँदा डेराबाट घरमा सरेको जस्तो खुसिको अनुभव भएको बताइन् । वडा कार्यलय भवन बन्यो अब यहाँ बाट दिइने सेवाहरू सहज र चुस्त दिन सक्नुपर्छ,अनि बल्ल यसको उपयोग प्रभावकारी हुन्छ रानाले भनिन् । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका भित्रका आवश्यक संरचना बनाउन जग्गा खोज्ने क्रममा अन्य ठाउँमा भन्दा यो ठाउँ उपयुक्त देखिएकोले भवन निर्माण गरिएको बताए । म्याग्दे ३ का अध्यक्ष श्रीबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा अम्बिका घिमिरे, शिवबहादुर आले, जग्गादाता कृष्णराज पण्डित, रत्ना घिमिरे, राधाकुमारी घिमिरे, द्वारिका घिमिरे, रामभक्त घिमिरे, जमुना अधिकारी, विष्णुकुमार श्रेष्ठ, श्रीकृष्ण विक लगायतका बक्ताहरूले मन्तव्य राखेका थिए । भवन उद्घाटन कार्यक्रमको गाउँपालिकाका योजना शाखा प्रमुख श्रीराम खनालले सञ्चालन गरेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij