तनहुँ १३ चैत्र
आगामी बैशाख ६ गते देखि जेठ १९ गतेसम्म राष्ट्रिय कृषिगणना शुरु हुने भएको छ । जिल्ला कृषि गणना कार्यालय तनहुँले आइतबार दमौलीमा जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठीको आयोजना गरी सो कुराको जानकारी गराएको हो । प्रत्येक दश÷दश बर्षको अन्तरमा गरिदै कृषि गणना यसबर्ष पनि संञ्चालन गर्न लागेको जिल्ला कृषि गणना अधिकृत नवराज पोख्रेलले जानकारी दिए । तनहुँका चार नगरपालिका र ६ गाउँपालिका गरी दश वटा पालिकाहरुमा गरी १६७ गणना क्षेत्रहरु तोेकिएको छ । उक्त क्षेत्रका करिब चार हजार एक सय पचहत्तर जना कृषक परिवारको छनोट पश्चात गणना गरिने कृषि गणना अधिकृत पोख्रेलले बताए । भानु नगरपालिकामा बीस,व्यासमा १८,शुक्लामा १८,भिमादमा १७ गणना क्षेत्र कायम गरिएको छ । त्यसैगरी म्याग्दे गाउँपालिका १६,घिरिङमा १५,ऋषिङमा १८,देवघाट गाउँपालिकामा १६,बन्दिपुरमा १५र आँबुखैरेनीमा १४ वटा गणना क्षेत्र रहेका छन् । चैत्र १५ गते देखि २१ गतेसम्म गणक तथा सुपरीवेक्षकहरुको तालिम प्रदान गरेपछि फिल्डमा तथ्याङ्क संकलनको लागि पठाइने उनले बताए । पहिलो चरणमा गणकहरुले छानेका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगेर तोकिएको न्युनतम मापदण्ड पुरा गरेका कृषक परिवारहरुको सुचीकरण कार्य गरिने छ । त्यसैगरी,दोस्रो चरणमा निश्चित तथ्याङ्कीय छनौट बिधीबाट सुपरीवेक्षकद्वारा छानिएका कृषक परिवार औषतमा २५ वटामा पुगि गणकहरुद्धारा कृषक परिवार प्रश्नवली फाराम मार्फत कृषकहरुले तथ्याङ्क लिइनेछ । कृषकहरुले चलन गरेको जग्गा तथा पशुपन्छी पालन,अन्य खेती,वातावरण लगायतका विविध बिषय संम्बन्धी बिस्तृत विवरण संकलन गर्नेछ । स्थलगत तथ्याङ्क संकलन कार्यको अनुगमन तथा सुपरीवेक्षण गरी गुणस्तरीय तथ्याङ्क संकलनको सुनिश्चितता गर्न पहल गरिने सो कार्यालयले जनाएको छ । कृषिगणना आर्थिक स्रोत साधान र जनशत्तिः परिचालनको हिसाबले केन्द्रीय तथ्याङ्क विभागले संञ्चालन गर्ने गणना पछिको राष्ट्रव्यापी एक महान अभियान हो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश आर्यालले राष्ट्रिय कृषि गणना कार्यलाई प्रभावकारी बनाउन संम्बद्ध सबै निकायले पहल गर्नुपर्ने बताए । सो अवसरमा नेपाली काँग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ,प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी,नेपाल पत्रकार महासघका पूर्व अध्यक्ष ओमकार आचार्य लगायतकाले जिज्ञासा राखेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij