Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

म्याग्दे गाउँपालिका वडा नं ४ को नवनिर्मित भवनको उद्घाटन 

  • 366
    SHARES
  • 366 Shares
  • म्याग्दे गाउँपालिका वडा नँ ४ को नवनिर्मित वडा कार्यलय भवनको उद्घाटन भएको छ । भवनको म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन्  । भवनको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले  सुन्दर ठाउँमा , सबैलाई पायक पर्ने गरि राजमार्गको छेउमा वडा कार्यलय भवन बन्नु सबै वडा बासिहरूका लागि खुसिको कुरा भएको बताइन् । रानाले वडा कार्यालय उद्घाटन गर्दा डेराबाट घरमा सरेको जस्तो खुसिको अनुभव भएको बताइन् । गाउँपालिकाका सबै वडा आफ्नै पालामा सम्पन्न गरेर उद्घाटन गर्ने भन्ने सोचेर काम गरेपनि कोभिड तथा ठेकेदारका कारण ६  र ७ नम्बर वडा सम्पन्न गर्न नसकिएको रानाले बताइन् । कार्यक्रममा विशिष्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका भित्रका आवस्यक संरचना बनाउन जग्गा खोज्ने क्रममा अन्य ठाउँमा भन्दा यो ठाउँ उपयुक्त लागेको बताए । १० शैयाको हस्पिटल , गाउँपालिकाको प्रशासनिक भवन यहि ४ नम्बर वडामा बन्नु यसैपनि वडाबासिका लागि खुसिको कुरात छँदै थियो भन्दै घिमिरेले अहिले वडाको नयाँ भवन निर्माण सम्पन्न सँगै उद्घाटन भइ सञ्चालनमा आउनु अर्को सुखद पक्ष भएको बताए । नेपाली काङ्ग्रेस नक्कली कुरा गरेर जनतालाई भ्रम फैलाउन जान्दैन , जति सकिन्छ त्यति बोलिन्छ घिमिरेले भने । राज्यको पुनर्संरचना भयो , तीन तहको शासन व्यवस्था निर्धारण भयो , यसमा म्याग्दे गाउँपालिका गठन गर्न सक्यौं घिमिरेले भने ।  तर गठन अगाडि धेरै झन्झट बेहोर्यौँ भन्दै घिमिरेले  साविक जामुने लाई व्यासतिर , मनपाङ र छाङ लाई शुक्लातिर मिसाउने हौवा चलाइयो , तर त्यसो गर्न हुँदैन भनेर लागिपर्यौँ र मात्रै गापा गठन गर्न सक्यौ , घिमिरेले भने । जनप्रतिनिधि भएर आएपछि  निति नियम एन कानुन बनाउँदै भौतिक पुर्वाधार , बाटोघाटोको काम अगाडि बढाउँदै लग्यौं , कार्यलयमा आधुनिक प्रविधि भित्र्यायौँ , जनताको काम सहजरूपमा गर्ने वातावरण मिलाउँदै लग्यौँ,।जसको कारण सेवाग्राहीलाई केही सहज भएको छ ,घिमिरेले भने  । कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले ०७७ र ०७८ र ०७८ र ०७९ को दुबै बर्ष पुर्वाधार बर्ष को रूपमा लिएको बताए । अधिकारीले  कुल लागत ८७ लाख ५७ हजार मध्ये ४५ लाख ३० हजार ९ सय २४ ९ भ्याट बाहेक ० मा भवन निर्माणको लागि देउराली विल्डर्सले  ठेक्का लिइ सम्पन्न गरेको बताए । अधिकारीले  बिकास र समृद्धिको लागि गाउँपालिका निरन्तर रूपमा लागिरहेको ,  शुसासन , मितब्ययिता , पारदर्शिता , प्रविधि मैत्री बन्दै  समन्वय र  सहकार्यका साथ काम गरेको हुँदा आन्तरिक स्वमुल्याङ्कनमा प्रथम हुन सफल भएको बताए । सेवा प्रभाहमा सरलता सहजता र छिटोछरितो गरेका छौं ,स्रोत को केही अभाव भए पनि हामीले क्षमताले भ्याएसम्म काम गरेका छौँ प्रमुख अधिकारीले भने । गाउँपालिकाले १२५ वटा कार्यपालिका बैठक सम्पन्न भएको अधिकारीले जानकारी दिए । तनहुँ मा मात्रै होइन म्याग्दे लाई नेपालमै प्रथम बनाउने गरि काम गरिरहेको उनको भनाइ थियो । म्याग्दे ४ का अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा श्रीबहादुर थापा , शिवबहादुर आले  , बद्रीका घिमिरे ,  ज्योति कुमार श्रेष्ठ , गौरबराज राना , कुमारी राना , बालकृष्ण श्रेष्ठ ,  विस्णुकुमार श्रेष्ठ ,  दिपक श्रेष्ठ , चन्द्रमणि अधिकारी , मिनराज अधिकारी ,  लगायतका बक्ताहरूले बोलेका थिए । भवन उद्घाटन कार्यक्रमको गाउँपालिकाका योजना शाखा प्रमुख श्रीराम खनालले सञ्चालन गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार