Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा पिछाडिएका बर्गलाई ७०० फलफूलका बिरुवा बितरण

  • 193
    SHARES
  • 193 Shares
  •  

    देवघाट ः रोटरी क्लब अफ नारायणगढ चितवनको आर्थिक सहयोग तथा देवघाट गाउँपालिकाको संयोजनमा अल्पसंख्यक तथा पिछाडिएका वर्गलाई मध्यनजर गर्दै सात सय फलफूलका बिरुवा वितरण गरिएको छ । पिछाडिएका वर्गको आयआर्जनमा बृद्वि गराई आत्मनिर्भर गराउने उद्देश्यले एकसय ५०वटा आँप र पाँच सय ५०वटा  लिची गरि सात सय बिरुवा वितरण गरिएको हो ।  गाउँपालिका वडा नम्बर ५ साउनेमा बसोबास गर्दै आएका भुजेल जातिहरुहरु फलफूलका बिरुवा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले जानकारी दिनुभयो । बिरुवा लगाउनको लागि उनीहरुको प्रशस्त जमिन  भएतापनि बिरुवा उपलव्धको लागि आर्थिक अवस्था कमजोर भएका कारण गाउँपालिकालाई बिरुवा उपलब्ध गराई दिन आग्रह गरेपछि रोटरी क्लबको समन्वयमा बिरुवा प्रदान गरिएको हो । 
    यसको राम्रो हेरविचार गरेर हुर्काउनोस् अध्यक्ष थापाले भन्नुभयो  आवश्यक परेको खण्डमा आगामी दिनमा विभिन्न संघ,संस्थासंग समन्वय गरेर बिरुवा उपलब्ध गराउने छ । 
    आफ्नो टोल समुदायको बिकास हामी आफैंबाट सुरु गर्नुपर्ने जनाउँदै  बोटविरुवा वृक्षारोपण तथा संरक्षण गर्ने दायित्व पनि हामी सबैको हुनुपर्ने उहाँले बताउनुभयो । सो बिरुवा वितरण कार्यक्रममा इन्जिनियर गुनेश्वर महत्त्वले बिरुवाको लगाएर मात्रै नहुने र त्यसको उचित संरक्षणमा ध्यान दिनुपर्ने  बताउनुभयो । आम्दानीमूलक फलफूलका बिरुवा पाएपछि त्यसक्षेत्रका भुजेल जातिहरु खुशी भएका छन् । कार्यक्रममा रोटरी क्लब अफ नारायणगढ चितवनका उपाध्यक्ष यज्ञमुनि बज्राचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका निवर्तमान अध्यक्ष अनुकुल श्रेष्ठ, समाजसेवी कविराज गुरूङ,एमआरसी नेपाल कृषि प्राविधिक जित नारायण शाह, देवघाट गाउँपालिकाका पशु प्राविधिक दिपक वि.क लगाएत उपस्थित रहेको थियो । 
    स्थानीय जलदेबी आमा समुहका अध्यक्ष भरिमाँया गुरूङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार