Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आठौं तनहुँ महोत्सव ः शनिबार साँझ लाइभ कन्र्सट हुने

  • 243
    SHARES
  • 243 Shares
  • तनहुँ १८ चैत्र 
    तनहुँ उद्योग बाणिज्य संघ र दमौली बजार इकाईको आयोजनामा आयोजित आठौं तनहुँ महोत्सवको दशौ दिन  लाइभ कन्र्सटको आयोजना गरिएको छ । शनिबार साँझ लाइभ कन्र्सटको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । शनिबार साँझ ७ बजे देखि शुरु हुने उक्त कन्र्सटमा सिर्जना खत्री,हाउडे मायाको बेजोड प्रस्तुती रहने छ । प्रवेश टिकटको लागि दुई सय कायम गरिएको छ । शनिबारका आर्कषक कलाकार ः शान्तिश्री परियार र हरि कर्माचार्यको रहेको आयोजक समितिले जनाएको छ । 
    त्यसैगरी महोत्सवस्थलमा राखिएको स्वास्थ्य स्टलबाट करिब दुई सय जनाले स्वास्थ्य परीक्षण गरी सेवा लिएका छन् । समाधान अस्पताल र दमौली अस्पतालको स्वास्थ्यकर्मीको सहयोगमा प्रेसर जाँच,चोट लग्दा डे«सिङ लगायतको सुविधा प्रदान गरिएको समाधान अस्पतालकी अनमी रचना चन्द ठकुरीले जानकारी दिइन् । उक्त स्टलमा दमौली अस्पतालकी अनमी उर्मिला थापा र निशा गुरुङको समेत सहभागिता रहि सेवा प्रवाह गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार