तनहुँ १९ चैत्र
जिल्ला प्रशासन कार्यालय तनहुँले एक बिज्ञप्ती जारी गर्दै बिद्युतीय राहदानी अनलाइन फाराम भर्ने व्यवसायीहरुलाई कानुनी रुपमा काम गर्न निर्देशन दिएको छ । राहदानी फाराम भर्ने बहानमा अनैतिक तथा गैरकानुनी क्रियाकलाप गरेको भेटिए कडा कारवाही गर्ने चेतावनी दिएको हो । प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै नियम विपरित कोही कसैबाट त्यस्ता क्रियाकलाप गर्नेलाई कानुनी दायरमा ल्याइने जनाएको छ । प्रशासन कार्यालयबाट अनलाइन फाराम खुल्ला गरिएको भएतापनि कतिपय फोटो स्टुडियो, कम्प्युटर इन्स्टिच्युट, स्टेशनरीहरुबाट फाराम भर्ने व्यक्ति तथा संस्थाहरुले एकै व्यक्ति वा फरक फरक व्यक्तिको नाममा नक्कली अभिलेख राखी फाराम भर्ने गरेको पाइएको प्रशासनले जनाएको छ । अब उप्रान्त त्यसो गरेको पाइएमा कारबाहीको भागीदार बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले जानकारी दिए । एकै ठाउँबाट सबै आवेदन फाराम बुक गरी दिदा अन्य सर्वसाधारणहरुले महिनौ दिनसम्म पनि फाराम भर्ने मौका नपाएको भन्ने गुनासोलाई मध्यनजर गरी त्यस्ता स्टुडियो वा कम्प्युटर इन्स्टिच्युटहरुलाई सचेत गराइएको हो । चैत्र २३ गतेदेखि तीन महिनालाई चार हजार जनाको लागि विद्युतीय राहदानी अनलाइनको फाराम खुल्ला गरिने उनले बताए । केही समय अघि पनि बिद्युतीय राहदानी अनलाइन फाराम भर्ने सिलसिलामा बढी शुल्क लिएको पाएपछि केही व्यवसायीलाई बोलाएर एक पटकलाई सम्झाएर छाडिएको प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij