Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

क्षेत्रप्रताप साहित्य स्मृति पुरस्कार पोखराकी गायिका हरिदेवी कोइरालालाई 

  • 243
    SHARES
  • 243 Shares
  • तनहुँ १९ चैत्र 
    क्षेत्रप्रताप साहित्य स्मृति पुरस्कार–२०७८ वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालालाई दमौलीमा प्रदान गरिएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले उक्त पुरस्कार प्रदान गरेको हो ।  मूल्याङ्कन छनोट संयोजक डिल्लीराम मिश्र श्रमजीवी, सदस्य एवं मञ्चका अध्यक्ष आकाश अधिकारी, कवि क्षेत्रप्रतापका सूपुत्र एवं पुरस्कारदाता अमनप्रताप अधिकारी, मञ्चका सल्लाहकार तथा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले महेश, पदेन सदस्य डा.वासुदेव त्रिपाठीले पुरस्कारको लागि कोईरालालाई पुरस्कारको लागि छनोट गरेको हो । कवि क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसरमा शनिबार दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा विशेष समारोहका बीच कार्यक्रम आयोजना गरि रु.पच्चीस हजार नगद तथा प्रमाणपत्रले सम्मान गरेको हो । नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्त र गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारी, क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीले  सयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् । विगत चार दशक भन्दा बढी समय देखि नेपाली नेपाली मौलिक लोक गीत, सङगित, लोक सस्कृति एवं लोक साहित्य लेखन क्षेत्रमा पु¥याएको विशिष्ट योगदान कदर स्वरुप उहाँलाई सम्मान गर्ने निर्णय भएको मञ्च सचिव दिवाकर भट्टराईले बताए । नारीको पिडा बोधलाई सम्बोधन गर्दै उनिहरुको उन्नती र प्रगतिको पक्षमा आफ्नो सुन्दर लेखन क्षेत्रमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरुप गायिका कोइरालाई सम्मान गर्ने निर्णय भएको मञ्चले जनाएको छ । 
    यसअघि उक्त पुरस्कारबाट डिल्लीराम मिश्र, मोहन दुवाल, रत्नशमसेर थापा र डा. वासुदेव त्रिपाठीलाई सम्मान गरिएको थियो । 
    यसैगरी मञ्चले गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिया र २०७८ बाट गायक राज सिग्देललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु सात हजार रहेको थियो । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ बाट लोकगायक शङ्कर परियार र २०७८ बाट लोकगायिका आशा बिसीलाई प्रदान गरिएको छ  । गीतल राष्ट्रिय पुरस्कार तथा गीतल प्रतिभा पुरस्कारको लागि छनोटको लागि संयोजक शिव आर्य रहेका थिए । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ । सोही अवसरमा साहित्यकार नारायणप्रसाद गौतमद्धारा लिखित सुनकेशरी खण्डकाव्यको पनि विमोचन गरिएको थियो । यो साहित्यकार गौतमको १९ औं कृति हो । सम्मान कार्यक्रम गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ, सहआयोजकमा आदिकवि भानुभक्त क्याम्पस र प्रवद्र्धकमा व्यास नगरपालिका रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार