Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा ‘बालिका शिक्षा’ कार्यक्रम अन्र्तगत बालिकालाई रेडियो

  • 294
    SHARES
  • 294 Shares
  •  

    जिल्लाको व्यासनगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका कक्षा ७,८ र ९ छात्राहरुलाई बिहीबार रेडियो बितरण गरिएको छ । 
    व्यासनगरपालिकाको आर्थिक सहयोग तथा रुम टु रिड को समन्वयमा उक्त संस्थाको ‘बालिका शिक्षा’ कार्यक्रम अन्र्तगत ३८ जना छात्रालाई एक एक थान रेडियोका दरले वितरण गरिएको हो । 
    लकडाउनको समयमा बालिकाको सिकाई कार्यक्रमलाई प्रभावित बनाउन रेडियो बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारी बताउनुभयो । 
    लकडाउनका कारण फूर्सदको समयमा महिला हिसाँ, मानवबेचविखन, मानवअधिकार, यौनजन्य हिसाँ, नेतृत्व विकासको साथै पपठन पाठनको लागि सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
    लकडाउनको सदुपयोग गर्दै रेडियो मार्फत प्रसारण हुने सचेतजामूलक कार्यक्रमको साथसाथै पठनपाठनमा सहज हुने बिश्वास लिएको कक्षा ८ मा अध्यनरत छात्रा सजना गैह्रेले  बताउनुभयो । 
    रुम टु रिड नामक संस्थाले छात्राहरुको घर घरमा पुगेर अनुगमन गर्दै आर्थिक अभावमा पठनपाठनमा समस्यामा परेकालाई आर्थिक सहयोग गर्ने,अभिभावकसंग प्रत्यक्ष भेटघाट गरेर सुझाब दिने लगायतका कार्यहरु गर्ने छन् । 
    व्यासनगरपालिकाले आर्थिक बर्ष ०७८÷०७९को लागि रुम टु रिडलाई  रु.एक लाख पचास हजार बजेट बिनियोजन गरेकोले सोही रकम मध्येबाट खरिद गरेर बालिकाहरुलाई रेडियो बितरण गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिनुभयो । 
    दलित र मगरको बाहुल्यता रहेको उक्त बिद्यालयमा तीन सय बढी बिद्यार्थीहरु अध्ययनरत छन् । तामाङ,क्षेत्री र बाहुन न्यून संख्यामा रहेका छन् । गतबर्ष देखि ११ र १२ कक्षाको पढाई संञ्चालनमा ल्याएको सो विद्यालययका शिक्षक सीताराम नेपालीले जानकारी दिनुभयो ।
    विद्यालयमा सिसि क्यामेरा जडान,आइसिटी कक्षा संञ्चालन र आधुनिक लाइब्रेरी स्थापनासंगै आवश्यक भौतिक संरचनाहरु निर्माण गरिएको उहाँले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार