Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ब्राह्मण समाज व्यास १ को अध्यक्षमा मिश्र

  • 213
    SHARES
  • 213 Shares
  • तनहुँ ः ब्राह्मण समाज व्यास १ को अध्यक्षमा रामचन्द्र मिश्र सर्वसम्वत चयन भएका छन् । समाजको दोस्रो साधारण सभा  तथा प्रथम अधिवेशनले मिश्रलाई अध्यक्ष पदमा चयन गरेको हो । अध्यक्ष मिश्रको अध्यक्षतामा तेह सदस्यीय कार्य समिति गठन गरेको छ भने पाँच सदस्यीय नगर प्रतिनिधी चयन गरेको छ । समितिको उपाध्यक्षमा सबिता ढकाल,सचिवमा चन्द्रकान्त बास्तोला,कोषाध्यक्षमा निर्मला पौडेल, र सहसचिवमा गंगाप्रसाद पोख्रेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा टंकप्रसाद न्यौपाने,रामप्रसाद आचार्य,लक्ष्मण पौडेल,कल्पना न्यौपाने,बलराम गैह्रे,इन्दिरा तिवारी,प्रमोद अधिकारी र भगवति पण्डित चयन भएका छन् । त्यसैगरी नगर प्रतिनिधीहरुमा लालप्रसाद तिमिल्सेना,गोमा बास्तोला,भक्तराज न्यौपाने,,श्रीकृष्ण पन्थ र सोमनाथ पौडेललाई चयन गरिएको छ । ब्राह्मण समाजका केन्द्रिय कार्य सम्पादन समिति सदस्य डा.लक्ष्मीकान्त चापागाईले दीपप्रज्वलन तथा स्वतिवाचन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । वडा संयोजक दुर्गाभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ब्राह्मण समाजका केन्द्रिय सदस्य उपेन्द्र लम्साल,जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे,जिल्ला सचिव मदन पण्डित,आजीवन सदस्य ज्ञानहरी भट्टराई,लगायतका वक्ताहरुले ब्राह्मणहरु एक जुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । निर्वाचन समितिमा हरिशरण खनाल,निर्मल पण्डित रहेका थिए । कार्यक्रम संञ्चालन धनराज हड्खलेले गरेका थिए । सो अवसरमा श्रीयष्कर सदस्यता लिने खेमराज अधिकारीलाई सम्मान गरिएको थियो । अधिकारीले रु.पच्चीस हजार सहयोग गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार