तनहुँ २१ चैत्र
बन्दिपुर गाउँपालिका–१ का ७३ जना सुकुम्बासीलाई सोमबार निस्सा बितरण गरिएको छ । सदियौं देखि बसोबास गर्दै आएका भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई निस्सा पुर्जा बितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा,उपाध्यक्ष करुणा गुरुङ र वडाध्यक्ष भानुभक्त पोख्रेल,नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य क्षितिज लामिछाने,गीता शाहीले संयुक्त रुपमा सुकुम्बासीहरुलाई निस्सा बितरण गरेका हुन् । सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष थापाले विगत लामो समय देखि पुर्जा बिहीन भएर बसेकाहरुलाई पुर्जा बितरण गर्न पाउँदा खुशी लागेको बताए । जग्गा भोगचलान गर्दै आएपनि सारोगाह्रो पर्दा बेचबिखन र धितो राख्नबाट बञ्चित हुनुपरेकोले आउँदा दिनमा सहज हुने बताए ।

२० औ बर्ष देखि भोगचलान गर्दै आएका तर पुर्जा नभएकाहरुलाई निस्सा बितरण गरेपछि सुकुम्बासीहरुमा खुशीको सिमा रहेको छैन् । नेपाल अधिराज्यभर जग्गा जमिन नभएका,वडाका फरक फरक क्षेत्रमा बस्दै आएका सुकुम्बासीहरुलाई निस्सा पुर्जा बितरण गरिएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । प्रतिव्यक्ति एक देखि डेढ रोपनीसम्मका दरले करिब एक सय रोपनी निस्सा पुर्जा बाँडिएको वडाध्यक्ष पोख्रेलले बताए । पहिलो चरणमा घर र गोठ निर्माणका लागि उक्त मात्रमा जग्गा उपलव्ध गराइएको हो । वडा कार्यालयले सुकुम्बासीलाई निस्सा बितरण गरेपछि परिवारमा पहिलो खुशी छाएको एकल दलित महिला बिभा नेपालीले बताइन् । पुर्जा हातमा नपरी मरिन्छ कि भन्ने चिन्ताले सताउँदै आएपनि ढिलै भएपनि पाउँदा मन धेरै खुशी भएको उनले बताइन् । अर्का सुकुम्बासी विकास थापाले गाउँपालिकाले पुर्जा उपलव्ध गराएर ठुलो गुन लगाएको बताए । ढिलै भएपनि जग्गा धनी पुर्जाको लागि बाटो खुलेको उनले बताए । गाउँपालिकाभर तीन सय पन्ध्र जना सुकुम्बासीहरुलाई पुर्जा बितरण गर्ने योजना रहेको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बताइन् । बन्दिपुर गाउँपालिका मातहत रहेका ६ वटा वडाका सुकुम्बासीहरुलाई क्रमिक रुपमा निस्सा बितरण गर्दै जाने योजना रहेको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij