तनहुँ २२ चैत्र
बन्दिपुर गाउँपालिकाद्वारा भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका सुकुम्बासीलाई पुर्जा बितरण गरेर हुकुमबासी बनाएको छ । सदियौं देखि पुर्जा बिहीन सुकुम्बासीलाई निस्सा प्रदान गरेर भूमिको मालिक बनाएको हो । गाउँपालिका भित्रका सुकुम्बासीलाई निस्सा बितरण कार्यलाई तीब्रता दिइएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए । गाउँपालिकाले तीन वडाका दुई सय तीन जना सुकुम्बासीलाई निस्सा पुर्जा बितरण गरिसकेको जनाएको छ । गाउँपालिकाको वडा नं १ का ७३, वडा नं ४ मा ८२ र वडा नं ५ मा ४८जनालाई निस्सा बितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा,प्रमुख प्रशासकीय अधिकृत र संम्बन्धित वडाका वडाध्यक्षले संयुक्त रुपमा सुकुम्बासीहरुलाई निस्सा बितरण गरेका हु्न् । जग्गा भोगचलान गर्दै आएपनि सारोगाह्रो पर्दा बेचबिखन र धितो राख्नबाट बञ्चित भएकाहरुलाई अबका दिन देखि बाटो खुलेको छ ।

२० औ बर्ष देखि भोगचलान गर्दै आएका तर पुर्जा नभएकाहरुलाई निस्सा बितरण गरेपछि सुकुम्बासीहरु हर्षित भएका छन् । नेपाल अधिराज्यभर जग्गा जमिन नभएका,फरक फरक क्षेत्रमा बस्दै आएका सुकुम्बासीहरुलाई निस्सा पुर्जा बितरण गरिएको बन्दिपुर–५ का वडाध्यक्ष धुव्रप्रसाद लामिछानेले जानकारी दिए । निस्सा बितरण गरेपछि परिवारमा पहिलो खुशी छाएको बन्दिपुर–५ की रीता बिकले बताइन् । जनतासंग भोट माग्दा जनप्रतिनिधीले बोलेका बचन पुरा भएकोमा खुशी लागेको बन्दिपुर–४ का सुकुम्बासी दान बहादुर थापाले पुर्जा नपाइकन मरिन्छ कि भन्ने चिन्ता अवका दिन देखि हटेको बताए । गाउँपालिकाभर तीन सय पन्ध्र जना सुकुम्बासीहरुलाई पुर्जा बितरण गर्ने योजना रहेको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बताइन् । बन्दिपुर गाउँपालिका मातहत रहेका ६ वटा वडा मध्ये बाँकी तीन वडाका सुकुम्बासीहरुलाई क्रमिक रुपमा निस्सा बितरण गर्दै जाने योजना रहेको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij