Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सम्पर्क बिहीन बालिका भेटिइन्,परिवारजन खुशी 

  • 395
    SHARES
  • 395 Shares
  • तनहुँ, २३ चैत्र 
    घरबाट दमौली जान भनि मंगलबार हिडेकी ऋषिङ गाउँपालिका–४ भीरकोट निवासी खम बहादुरको छोरी १३ बर्षीय बन्दना परियार आज फेला परेकी छन् । विभिन्न संञ्चारमाध्यम,सामाजिक संञ्जाल मार्फत बालिका हराएको बिषयमा समाचार प्रकाशित भएपछि बालिका सकुशल भेटिएकी   हुन् । स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत परियारलाई ऋषिङगाउँपालिका–२ काँहुशिवपुर निवासी रेखी माया बरालीले भेटेपछि आफ्नै घरमा राखेकी थिइन् । बाटोमा हिड्दै गरेकी बालिकालाई बरालीले देखेपछि कहाँ जान हिडेको नानी ? भनेर सोध्दा रुन थालेपछि शंका लागि कहीकतै जान नदिई आफ्नै घरमा राखेर ठुलो गुन लगाएकी शिक्षक एवं स्थानीयबासी तीर्थ बर्देवाले बताए । चारैतिर बालिका हराएकाहल्ली खल्ली हुन थालेपछि बरालीले बालिकाको आफ्न्तजनलाई फोन सम्पर्क गरी छोरी जिम्मा लगाएकी हुन् । छिमेकी गाउँ थप्रेक हुदै दिउँसो करिब ११ बजेको समयमा ऋषिङ्ख गाउँपालिका–१ गैह्राखुदी भन्ने ठाउँमा पुगेको भन्ने सम्म जानकारी पाएपनि त्यसपछि सम्पर्क बिहीन हुँदा परिवारजन चिन्तित भएका थिए । घरबाट पक्कै पनि भागेर हिडेको शंका लागेपछि बालिकालाई कतै जान नदिई आफ्नै निगरानीमा राखेर खाना खुवाएर सुताएको बरालीले जानकारी दिइन् । मंगलबार नै पीडित बालिकाकी बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा खोजतलासको लागि जाहेरी दिएका थिए । छोरी भेटिएपछि खम बहादुरको परिवार खुशी हुदै संञ्चारकर्मीलाई समेत धन्यवाद प्रकट गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार