Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

  बन्दिपुरका गाउँपालिकाको वडा नं ३ को भवन उद्घाटन,भाडामुक्त बन्दै सबै वडा र स्वास्थ्य कार्यालय 

  • 282
    SHARES
  • 282 Shares
  • तनहुँ २४ चैत्र 
    बन्दिपुर गाउँपालिका वडा नं ३ को वडा कार्यालय भवन बुधबार उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा र उपाध्यक्ष करुणा गुरुङ्ग लगायतका अतिथीहरुले भवनको उद्घाटन गरेका हुन् । गाउँपालिकामातहत रहेका ६ वटा वडा र स्वास्थ्य केन्द्रका आफ्नै भवन निर्माण गरेर भाडामुक्त बन्ने अन्तिम तयारीमा रहेका छन् । गाउँपालिकाको वडा नं २ को भवन बाहेक अन्य पाँच वडाको भवन निर्माण सम्पन्न भैसकेका छन् ।  ठेकेदारका कारण उक्त वडा भवन निर्माण कार्यमा ढिलाई भएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी  दिए । पछिल्लो समय भवन निर्माण कार्यलाई तीब्रता दिइएकोले छिट्टै उद्घाटन गर्ने लक्ष्य राखिएको छ । वडा भवनको लागि गाउँपालिकाले रु.६४ लाखका दरले रु.तीन करोड चौरासी लाख बजेट बिनियोजन गरेको उनले बताए । त्यसैगरी ६ वटै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण सम्पन्न गरिएको छ ।

    bhawan.jpgस्वास्थ्य भवनको लागि गाउँपालिकाले रु.३८ लाखका दरले रु. दुई करोड अठ्ठाइस लाख बजेट बिनियोजन गरेको थियो । कार्यालयका आफ्नै भवन नहुँदा भाडा र पुराना गाविसको भवनबाट संञ्चालन गर्दा कठिनाईका साथ सेवा प्रवाह गर्नु परेको अध्यक्ष थापाले जानकारी दिए । आफ्नै भवन निर्माण पश्चात सेवाग्राहीलाई सेवा बिस्तारमा सहज भएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाले सोमबार देखि सुकुम्बासीहरुलाई निस्सा वितरण कार्य थालेको छ । गाउँपालिकाले वडा नं १ का ७३,वडा नं ४ र ५ गरी कूल एक सय साठी वडा नं ३ मा ३६ जना गरी दुई सय ६९ जनालाई निस्सा बितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी  दिइन् ।  बाँकी तीन वटा वडाहरुमा पनि तत्कालै निस्सा बितरण गर्ने योजना रहेको छ । उनले भनिन् –सदियौं देखि पुर्जा बिहीन बनेका सुकुम्वासीहरु पुर्जा पाएपछि हर्षित भएका छन् । अब बाँकी वडा नं २ मा ८२ र वडा नं ६ मा पाँच जनालाई निस्सा वितरण गर्न बाँकी रहेको छ । 


     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार