तनहुँ २४ चैत्र
स्थानीय तह निर्वाचन ०७९ सुरक्षार्थ म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएर सबै परीक्षामा उत्र्तिर्ण भएका उम्मेद्वारको नामावली प्रकाशित गरेको छ । चैत्र २ गते प्रकाशित सूचना बमोजिम दरखास्त दिई उत्तीर्ण भएका उम्मेद्वारहरुको नामावली प्रकाशित गरेको हो । विभिन्न मितिमा संञ्चालन गरिएको भर्ना छनौट प्रकृया स्वास्थ्य परीक्षण,शारीरिक तन्दुरुस्ती,लिखित एवं अन्तरवार्तामा उत्र्तिण भएका उम्मेद्वारहरुको नामावली प्रकाशन गरी टाँस गरिएको प्रहरीले जनाएको छ । लिखित र अन्तरवार्तामा प्राप्त एकमुष्ट प्राप्ताडकको आधारमा योग्यताक्रम निर्धारण गरी नामावली प्रकाशन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उत्तिर्ण उम्मेद्वारहरुले चैत्र २८ गते देखि तालिम संञ्चालन हुने भएकोले त्यसको तयारी स्वरुप चैत्र २७ गते बिहान व्यासनगरपालिका ३ बिपी बनबाटिका खेलमैदानमा प्रवेश पत्र र सक्कलै नागरिकता साथमा लिएर उपस्थित हुन भनिएको उनले बताए । त्यसैगरी बैकल्पीक उम्मेद्वारहरुको नामावली समेत प्रकाशित गरेको हुँदा यस कार्यालयबाट सम्पर्क गरेको अवस्थामा खटिई आउन सक्ने अवस्थामा रहन समेत जानकारी गराएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।















बैकल्पीकहरुको नामावली ः




प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij