तनहुँ २५ चैत्र
स्व.दिदी बिनुमाया गुरुङको सम्झनामा तनहुँका एक व्यक्तिले रु.दश हजार पचपन्न आर्थिक सहयोग गरेका छन् । व्यासनगरपालिका ७ निवासी ईमबहादुर गुरुङले स्व. दिदीको सम्झनामा शुक्रबार व्यासनगरपालिका ५ चापाघाट स्थित बेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेका हुन् । महिलाद्वारा सन्चालित उक्त ज्येष्ठ नागरिक आश्रमकी उपाध्यक्ष शकुन्तला आले,सचिव निर्मला मल्ल लगायतका पदाधिकारीलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् । आश्रमलाई आफुले सकेको रकम सहयोग गर्न पाउँदा मनमा शान्ति मिलेको गुरुङले बताए । सहयोगी रकम ग्रहण गर्दै आश्रम संञ्चालक समितिका पदाधिकारीले सहयोगी मनप्रति आभार प्रकट गरेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij