पोखरा २५ चैत्र
व्यास नगरपालिका, तनहुँ गण्डकी प्रदेशमा नै पहिलो र एकमात्र व्यास नगर युवा परिषदद्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन् । युवा विकास तथा प्रवर्धन केन्द्रको स्थापना र सञ्चालन गर्न सहयोगका लागि गण्डकी प्रदेश मुख्यमंत्री माननीय कृष्णचन्द्र नेपाली समक्ष व्यास नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष गौरव पन्थ लगायतका पदाधिकारीहरुले ज्ञापनपत्र बुझाएका हुन्। सो अवसरमा आन्तरिक मामिला मन्त्री डोवाटे बिक,गण्डकी प्रदेश सभासदस्य सरीता गुरुड लगायतको सहभागिता रहेको थियो । व्यास नगरपालिकामा रहेका युवाहरुको आयआर्जनका लागि आवश्यक सिप विकास, उत्पादन मूखी तालिम, नयाँ उपकरण आविस्कार, विदेशबाट फर्केका वा सिप भएका युवाहरुका लागि स्थानिय स्तरमा स्थापित गराउन प्रेरीत र सहयोग गर्नका लागि, उनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले आर्थिक तथा सामाजिक रुपमा मजबुत बनाइ समाजमा स्थापित गर्नका लागि केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको हो । ३५ सदस्यीय उक्त टोलीलाई व्यास नगरपालिकाका नगर प्रमुख तथा नगर युवा परिषदका पदेन् अध्यक्ष बैकुण्ठ न्यौपानेले कलम र डायरी प्रदान गरी विदाई गरेका थिए । उक्त टोलीलाई गण्डकी प्रदेश सभाको हाउस सञ्चालन भइरहँदा प्रत्यक्ष अवलोकन गर्ने अवसर पनि मिलेको थियो । हामीले चुनेर पठाएका मन्त्रीहरुले कसरी नीति निर्माणमा छलफल गरी, सभामा आफ्नो तर्क वितर्क गरेर नीति निर्माण हुन्छ भनेर जान्ने अवसर मिलेको उपाध्यक्ष पन्थले जानकारी दिए । उक्त सभाको नक्कल स्थानीय स्तर व्यास नगरपालिकामा अभ्यास पनि गरिएको थियो । उक्त टोलीले क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा पनि अध्ययन अवलोकन गर्नेछ । साथै बागलुङ, पर्वत जिल्लाको केही महत्वूर्ण स्थानहरूको अध्ययन अवलोकन गरि फर्कने योजना रहेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij