Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासका भीम बस्न्यात १०० बर्षमा पर्दापण ः १८३ जना सन्ततिको धनी,पञ्चे बाजा सहित बजार परिक्रम

  • 386
    SHARES
  • 386 Shares
  • तनहुँ २६ चैत्र 
    व्यासनगरपालिका–१ निवासी भीम बहादुर बस्न्यात एक सय बर्षमा पर्दापण गरेका छन् । शताब्दी पुरुष बस्न्यात उक्त अवधिमा पुग्दै गर्दा नाति पनातीसम्म जन्मिएका समेत गरी एक सय त्रियासी जना सन्ततिको धनी बनेका छन् । तत्कालिन पञ्चायतकालमा बस्न्यात साविकको कर्लुङ्ग गाविसको अध्यक्ष,उपप्रधानपञ्च सम्म हुनुभयो । प्रधानपञ्च बन्ने समयमा पराजित बन्नुपरेको इतिहास  छ । सम्धी सम्धी बीचको भीडन्तमा उनले पराजित ब्योर्हुनपरे पनि निरााश कहिल्यै भएनन् । कर्लुङ्गबाट व्यासमा परिणत हुँदा तत्कालिन दमौलीका जमिनदार एवं सहकारी अभियान्ता स्व.पुरुषोत्तम काफ्लेसंग प्रधानपञ्चमा प्रतिस्पर्धामा उत्रिएपनि अन्तत ः पराजय भोग्नुपरेको थियो । बस्न्यात विसं ०३६ सालमा बहुदलीय व्यवस्थाको प्रचार प्रसारमा लागेर परिवर्तनको बाहकको रुपमा पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    rally.jpg

    त्यस पश्चात राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँको एक कार्यकाल चारबर्षसम्म अध्यक्ष भएर आफ्नो जिम्मेवार बहन गरेका थिए । घरबाट सदरमुकाममा रहेको पार्टी कार्यालयमा दैनिक हिडेर आवतजावत गरी पार्टीलाई शसक्त रुपमा हाँकेका थिए । पार्टीकै काम गर्दागर्दै जब ८४ बर्ष पुगे त्यसपछि चौरासी पूजा गरिएको थियो । चौरासी लागेपछि अत्यावश्यक सामाजिक कार्य बाहेक बुबा आफ्नो नितान्त जीवनमा लागेको माहिला छोरा मणिजंग बस्नेतले जानकारी दिए । उनका तीन छोरा मध्ये जेठा हिक्मत,कान्छा,मिनीजंग र तीन छोरी  रहेका छन् ।

    satish.jpgजीवनमा कहिल्यै दुख पर्यो,म अभावमा परें भन्ने भावना कहिल्यै नदेखाउने हक्की र स्वाभिमान स्वभाव उनीमा रहेको स्थानीयबासीहरु  बताउँछन् । शुक्रबार पञ्चे बाजागाजा सहित व्यासनगरपालिका– १ स्थित रत्यौली घर देखि दमौली बजार क्षेत्रका व्यास वडा नं २,३ र ४ हुदै व्यासगुफा स्थित शिवपाञ्चायन मन्दिर परिक्रम गराएर घरमा लगिएको माहिला छोरा मणिजंगले बताए । बुबा सय बर्षमा  टेक्दै गर्दा स्वास्थ्य अवस्था स्वास्थ्य नै रहेको उनले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार