Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

    जंगली च्याउले लियो ज्यान 

  • 210
    SHARES
  • 210 Shares
  • तनहुँ, २८ चैत्र जनचाहना न्युज
    जंगलबाट ल्याएको च्याउ खाँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–३ धयरे निवासी ४७ बर्षीय सुनीमाया थापाको ज्यान गएको हो । गत चैत्र २० गते जंगलमा गई च्याउ खोजेर ल्याई तरकारीको रुपमा पकाएर खाँदा थापा सख्त बिरामी परेकी  थिइन् । सख्त बिरामी भएपछि सोही दिन निजलाई दमौली स्थित थापा मेडिकलमा उपचारको लागि लगिएको    थियो । दमौलीमा उपचार हुन नसकेपछि निजलाई थप उपचारको लागि चैत्र २३ गते मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।  उक्त घट्ना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जंगलमा पाइने विभिन्न जातका च्याउ पहिचान गर्न नसकि खाँदा कयौं मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार