जिल्लाको ऋषिङ गाउँपालिकामा पूर्ण क्षति भएका चौतिस घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
केही समय अघि परेको अविरल बर्षा पश्चात गएको बाढी र पहिरोमा परिमा पूर्ण क्षति भएका परिवारलाई सुरक्षित स्थानमा व्यवस्था गर्न लागिएको गाउँपालिकाका प्रवक्ता बिजय दरैले जानकारी दिनुभयो ।
पहिरोले पुरिएर गाउँपालिकाका सुरक्षा गार्ड खुमबहादुर थापाको मृत्युभएपछि खाली रहेको सुरक्षा गार्डको पदपुर्ति गर्नको लागि सुचना जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत एक वडालाई रु.आठ लाखको दरले बजेट बिनियोजन गर्ने निर्णय गरेको छ ।
करारमा रहेका कर्मचारीलाई दरबन्दी कायम गर्ने,बाढी पहिरोबाट समस्यामा परेका नागरिकहरुको मुचुल्का गरिएको आधारमा क्षति भए अनुसार राहात बितरण गर्ने लगायतका बिषयमा निर्णय गरिएको प्रवक्ता दरैले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij