तनहुँ ३० चैत्र
मालपोत कार्यालय तनहुँले बुधवार जग्गा प्रशासन तथा पारित÷रजिष्ट्रेशनको शतवार्षिकीको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यालय परिसर र आसपास क्षेत्रमा सरसफाई गरिएको हो । मालपोत कार्यालय तनहुँ र नेपाल लेखापढी कानुन व्यवसायी एसोशिएसन जिल्ला कार्य समिति तनहुँको संयुक्त प्रयासमा उक्त कार्यक्रम गरिएको हो । वि.सं. १९७९ साल बैशाख १ गते देखि पोता रजिष्ट्रेशनको रुपमा पहिलो लिखत पारित भई १ सय वर्षको गौरवपूर्ण इतिहास पार गरेको अवसरमा शतवार्षिकी कार्यक्रम मनाइएको हो । सरसफाइ कार्यक्रममा बोल्दै मालपोत अधिकृत खेम बहादुर खत्रीले प्राचिन ऋषिमुनीहरुको कालदेखि नै राज्यको आयको प्रमुख स्रोत नै जग्गा रहेको र कर उठाएर राज्य सञ्चालन भएको बताउनुभयो । अहिले आधुनिकतासगै कर उठाउने व्यवस्थामा सुधार आएको बताए । कार्यक्रममा लेखापढी व्यावसायी जिल्ला कार्यसमितिका अध्यक्ष सरयु पौडेल, निवर्तमान केन्द्रीय उपाध्यक्ष माया सोती, गण्डकी प्रदेश समिति सदस्य नरबहादुर रानभाट, विजय अधिकारी लगाएतले कार्यालयले सेवाग्राहीलाई अनलाइन प्रणालीमार्फत सहज रुपमा सेवा प्रदान गरेको र छोटो समयामा नै कार्यालयको मुहार फेरिएकोमा गौरववान्वित भएको धारण व्यतm गरेका थिए । कर्मचारी झलक विकले स्वागत गरेको कार्यक्रको संचालन टिका घोरासाइनीले गरेको थिए । सरसफाइ कार्यक्रममा मालपोत कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij