तनहुँ १ वैशाख जनचाहना न्युज ः सेतीमादी दैनिकका सम्पादक एवं नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डम्बर अधिकारी जनसेवा श्री पदकबाट विभूषित भएका छन् । सम्पादक अधिकारीलाई बिहिबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूूषित गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विभूूषण प्रदान गर्दै बधाई समेत दिएकी थिइन् । तनहुँलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरेर पदक पाउने सम्पादक अधिकारी पहिलो पत्रकार हुन् ।
सम्पादक अधिकारीले तनहुँलाई कार्यक्षेत्र बनाएर दुुई दशक देखि पत्रकारिता गर्दै आएका छन् । सम्पादक अधिकारीले नेपाल टेलिभिजन,गोरखापत्र दैनिक, न्यूज २४,आदर्श समाज दैनिक,अन्नपूर्ण एफ.एम लगायतका विभिन्न सञ्चार माध्यममा काम गरेका थिए । अधिकारीको सम्पादक रहेको सेतीमादी दैनिक विगत १६बर्ष देखि दमौलीबाट प्रकाशित हुँदै आई रहेको छ । जनसेवा श्री पदकबाट विभूषित अधिकारी सामाजिक तथा राजनीतिमा समेत सक्रिय हुदै आएका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij