Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सिद्धेश्वरी माविको अध्यक्षमा फमबहादुर

  • 423
    SHARES
  • 423 Shares
  •  

    व्यासनगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय समितिको अध्यक्षमा फमबहादुर थापा चयन हुनुभएको छ । विद्यालयद्धारा शुक्रबार आयोजित अभिभावक भेलाले थापाको अध्यक्षतामा अध्यक्ष चार सदस्यीय समिति चयन गरेको हो । समितिको सदस्यमा सरस्वती बिक.,मनबहादुर रुचाल र गौमाया परियार रहेका छन् ।
    त्यसैगरी शिक्षक अभिभाव संघको अध्यक्षमा नन्दकुमारी बिकको अध्यक्षतामा चार सदस्यीय समिति चयन गरिएको छ ।  सदस्यहरुमा रमा आले,रीतु अच्छामी र शान्ता दवाडी चयन भएका छन् ।
    बिव्यासका तदर्थ समितिका संयोजक अमृत बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्ष तोत्रबहादुर कुँवर,व्यासनगर शिक्षा शाखाका अधिकृत नबिन पराजुली,प्रधानाध्यापक नारायण प्रसाद अधिकारी,विव्यासका पूर्व अध्यक्ष तुल कैनी,शिक्षक कृष्णचन्द्र पाण्डे,सदीप अचार्य लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार