Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई युवक साँखेबाट पक्राउ 

  • 421
    SHARES
  • 421 Shares
  • तनहुँ ६, वैशाख जनचाहना न्युज 

                                                                                                                         फाइल तस्बीर ः 
    तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेमा मोटरसाइकल चोरी गरी भाग्दै गरेका दुई युवकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–३ घेत्मा घर भई हाल स्याङ्जा हरिनास गाउँपालिका चिसापानीमा सडक निर्माण गर्ने बीस बर्षीय नाईजेल ठकुरी र सोही ठाउँ बस्ने १९ वर्षीय खिममान पुन रहेका छन् । सोही ठाउँ बस्ने भीम बहादुर थापाको घरमा पार्किङ गरी राखिएको ध १ प ५५९३ नंम्बरको अपाचे मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।  स्थानियको सहयोगमा ती व्यक्तिलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँले जनाएको छ । उनीहरुको अनुसन्धान भैरहेको उनले बताए । त्यहीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । मंगलबार नै तनहुँ जिल्ला अदालतमा ७ दिनको म्याद थप गराएर उनीहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तनहुँमा पछिल्लो समय चोरीका मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार