Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा आफ्नै घाँटी रेटी एक पुरुषको मृत्यु 

  • 205
    SHARES
  • 205 Shares
  • तनहुँ ६ बैशाख जनचाहना न्युज 
    व्यासनगरपालिका बन्दिपुर गाउँपालिका वडा नं ३ धोद्रेका ४५ बर्षीय लाल बहादुर चेपाङले आफ्नै घाँटी रेट्दा मृत्यु भएको छ । धारिलो हतियार हसियाँले घाँटी रेटी गम्भीर घाइते भएका उनको स्थानीय मोती क्लिनिक डुम्रेमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्यु गर्नुपर्नेका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    एघार सवारी साधान प्रहरी नियन्त्रणमा 

    त्यसैगरी जिल्लाको भिमाद–५ स्थितमा रहेको विरुवा घाटबाट अबैध रुपमा बालुवा गिट्ठी र ढुङ्गा उत्खन्न गर्ने एघार वटा सवारी साधानलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका  अनुसार  ग १ त ३४७८, ग १ त ५४७४,  ग १ त ५४२८, ग १ त ४६९२, ग १ त ५३३४,  ग १ त ४८८६,  ग १ त ७१८५,  ग १ त ४४४६,  ग १ त३३२१,  ग १ त ५८८५  र  ग १ त ४६३७ नंम्बरका ट्याक्टर पक्राउ परेका हुन् । प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई भिमाद नगरपालिकाको कार्यालय तनहुँमा पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी  दिए ।  तनहुँमा पछिल्लो समय अबैधानिक रुपमा नदीजन्य बस्तु उत्खनन कार्य तीब्र रुपमा हुने गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार