तनहुँ ८ बैशाख जनचाहना न्युज
बिद्युतीय राहदानीको लागि व्यवसायीले नक्कली नाउँ इन्टी गराएर बुक गर्ने प्रवृत्तिले सर्वसाधारणहरुले सास्ती भोग्नु परेको खुल्न आएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले पहिलो पटक ६००,दोस्रो पटक ८०० र तेश्रो पटक २५०० फाराम खुल्ला गरेपनि छिट्टै बुक हुने कार्यले सर्वसाधारणहरुले कठिनाई भोग्नुपरेको हो । राहदानी फाराम भर्न नपाएको भनि सर्वसाधारणहरुको गुनासो व्यापक आउन थालेपछि एक हप्ताको सूचना प्रकाशित गरी २५०० फाराम खुल्ला गरिएको दुई दिनमै बुक भएको गुनासो आएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । दुई महिनाको लागि भनेर २५०० जनालाई लक्षित गरी फाराम खुल्ला गरेपनि छोटो अवधिमै बुक गरेर अभाव सिर्जना भएकोले फोटोग्राफी व्यवसायीलाई राखेर मौखिक छलफल गरिएको उनले बताए । यसरी नक्कली नाउँ राखेर बुक गरिएका फाराम एक घण्टा भित्र खाली नगराए कानुनी कारबाही गर्ने चेतावनी पश्चात बुधबार देखि सर्वसाधारणहरुले सहज रुपमा फाराम भर्न पाएको उनले बताए । सिष्टममा नगई काम गर्न नसकिने हुँदा अत्यावश्यक परेका सर्वसाधारणहरुले फाराम भर्न नपाएपछि अध्यक्ष,मेयर, साँसद, मन्त्रीसम्मका व्यक्तिले काम मिलाई दिनु पर्यो भन्दै फोन गर्ने गरेको उनले गुनासो पोखे । यसअघि ३० देखि ३५ जनासम्म राहदानी फाराम भर्न आउने गरेकोमा अहिले ५० भन्दा माथि आउन थालेको प्रशासन कार्यालयल तनहुँले जनाएको छ । अहिले दैनिक ६० जना क्षमताको फाराम खुल्ला गरिएकोले सो अनुरुप आए नआएको तर्फ कडा रुपमा निगरानी बढाइएको सहायक प्रजिअ गैरेले जानकारी दिए । यस्तै घट्नामा मोरङका सिडिओले नक्कली नाउँ भरेर अभाव सिर्जना गर्ने व्यवसायीको कम्युटर सहित कब्जा गरी कानुनी कारबाही तर्फ लागेको अवस्थामा तनहुँका सिडिओ मौन बसेकै हुन त भन्ने बिषय पनि चर्चाको बिषय बन्ने गरेको थियो । यस बिषयमा प्रजिअ बिश्वप्रकाश अर्याल के भन्नुहुन्छ त ? व्यवसायीसंगको छलफलमा बिवरण भर्ने क्रममा गल्ती भई पुन ः अर्को फारम भर्दा बुक हुन गएको भनि व्यवसायीहरुले स्वीकार गरेको प्रजिअ अर्यालले जानकारी दिए । दैनिक ६० जनाको क्षमता रहेपनि दिनमा ५० को हाराहारीमा सेवाग्राही आउन थालेपछि डमी गरेको छ भन्ने शंका गरि व्यवसायीलाई राखेर छलपल गरिएको हो । डमी गरेका छन् भन्ने शंका गरेपनि कसले कति मात्रमा गरेका छन् भन्ने एकिन खुल्न नसकेकोले कानुनी कारबाही गर्न नसकिएको उनले बताए । कडाइका साथ निगरानी बढाएका छौ । उनले भने पत्ता लागेको खण्डमा छुट कसैलाई दिइने छैन्,कानुनी कारबाही गरेरै छाड्नेछु,एक पटकलाई सुध्रने मौका मात्रै दिएका हौ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij