प्रेमबहादुर कोइराला
गोरखा ः पालुङटार नगरपालिका–७ स्थित कोलडाँडामा कुमाल जातिको संग्राहलय निर्माण गर्न शुक्रबार शिलान्यास गरिएको छ । संग्राहलयको पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दिपक बाबु कंडेलले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख कंडेलले दुईवटा संग्राहलय पूर्ण गर्ने आवधिक योजना अन्तर्गत नगर प्रमुखको ड्रिम योजना भित्र रहेको बताउनुभयो । उक्त योजना समयअवधि भित्रै सम्पन्न गर्ने गरि सुरुवात गर्न लागिएको उहाँले बताउनुभयो । संग्राहलयबाट कुमालहरुको रीतिरिवाज, रहन–सहन र अस्तित्व झल्किने किसिमको नगरभित्र तथा बाह्य जिल्लाका विद्यार्थीहरुलाई कुमाल जातिका संस्कृतिको बारेमा सिकाउन सकिने उहाँले बताउनुभयो । पालुङटार नगरपालिकाले आगामी दिनमा कुमाल संग्राहलयको संरक्षण सम्बद्र्धन गर्दै पर्यटकहरुको पर्यटकीय गन्तव्यस्थल बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिले यसअघि निर्माण कार्य हुन सकेको थिएन् । उक्त संग्राहलय आर्थिक बर्ष ०७७÷०७८ को बजेटबाट रु.बीस लाख बिनियोजित गरेपछि निर्माण कार्य अघि बढाइएको हो । सम्झौता बमोजिम समयमा नै काम सम्पन्न गर्ने गरि सनद निर्माण सेवाले उक्त निर्माण कार्यको जिम्मा पाएको छ । पालुङटार नगरपालिकाको कुल जनसंख्याको ११.२५% रहेका कुमालहरुको लामो इतिहास बोकेको ठाउँ पालुङटार हो। पालुङटार नगरपालिकाको वडा नं १, ४, ५, ६, ७, ८ र ९ मा कुमालहरुको बाक्लो बस्ती रहेको छ । उक्त कार्यक्रममा पालुङटार नगरपालिका–७ का वडाअध्यक्ष बसन्त कुमार श्रेष्ठ, वडा सदस्यहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij