Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एसइइ परीक्षा ः तनहुँमा पहिलो दिन १०९ परीक्षार्थी अनुपस्थित 

  • 396
    SHARES
  • 396 Shares
  •                                                                                                                    फाइल तस्बीर ः 

    जनचाहना न्युज तनहुँ ९ बैशाख  ः  
    एसइइ परीक्षाको पहिलो दिन शुक्रबार तनहुँमा १०९ परीक्षार्थी अनुपस्थित भएका छन् । अनिवार्य अंग्रेजी बिषयको परीक्षमा उक्त विद्यार्थी अनुपस्थित भएका हुन् । उक्त परीक्षार्थी संख्या मध्ये ४० जना ग्रेड बृद्दिका लागि आंशिक तर्फका परीक्षार्थी रहेका छन् । 
    कसैको आज बिषयगत परीक्षा नभएका कारण ४० जना विद्यार्थी सहभागी हुन नसकेको अनुमान गरिएको  विकास तथा समन्वय इकाईका शाखा अधिकृत बिश्व रेग्मीले जानकारी दिए ।  नियमित तर्फका यथार्थ १०९ जना परीक्षार्थी भने अनुपस्थित देखिएको उनले बताए ।  
    उनका अनुसार कुल परीक्षार्थी कूल छ हजार एक सय पचहत्तर जना परीक्षार्थी मध्ये ६०२९ जना बिद्यार्थी परीक्षामा सहभागी भएका छन् । जस अन्र्तगत छात्रातर्फ ३०१६ र छात्रतर्फ ३०१३ सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ ।  जिल्लामा क्रियापुत्री र सुत्केरी महिला परीक्षामा सहभागि भएको नदेखिएको उनले बताए । तनहुँमा एसइइ २०७८ को लागि छब्बीस वटा परीक्षा केन्द्र रहेका छन् । जसमा सबैभन्दा बढी व्यासनगरपालिकामा सात वटा परीक्षा केन्द्र तय गरिएको छ । त्यसैगरी शुक्लागण्डकीमा छ,भानुमा तीन,बन्दिपुरमा तीन,भिमादमा दुई रहेका छन् ।

    त्यसैगरी देवघाट,आँबुखैरेनी,म्याग्दे,घिरीङ र ऋषिङमा एक÷एक परीक्षा केन्द्र तोकिएको छ ।  होम सेन्टर नभएका पच्चीस वटा बिद्यालयमा संम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ भने महेश संस्कृत गुरुकुल मावि देवघाटमा होम सेन्टर नपर्ने अशोक खत्रीलाई खटाइएको छ । जिल्लाभर परीक्षाको लागि ५७६ जनशक्ति परिचालन गरिएको छ । केन्द्राध्यक्ष छब्बीस,सहायक केन्द्राध्यक्ष बयालिस,निरीक्षक तीन सय उन्नाइस,परीक्षा सहायक चौसठ्ठी र सहयोगी कर्मचारी एक सय पच्चीस जना रहेका छन् ।  एसइइको पहिलो दिनको परीक्षा शान्त र भय रहित वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बसन्तराज पौडेलले जानकारी दिए ।   

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार