Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा शहीद नेपाली छात्राबास भवनको दोस्रो तला थपिदै

  • 325
    SHARES
  • 325 Shares
  • तनहुँ १० बैशाख जनचाहना न्युज 
    व्यासनगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा शहीद चन्द्र नेपाली छात्राबासको दोस्रो तला थप्ने कार्य अघि बढाइएको छ ।  गण्डकी प्रदेश सरकारको रु.पच्चीस लाख आर्थिक सहयोग प्राप्त भएपछि दोस्रो तला थप्न लागेको   हो ।  छात्राबासको पहिलो ढलान निर्माणको लागि व्यासनगरपालिका, तत्कालिन जिल्ला विकास समिति,क्याम्पस, तत्कालिन स्थानीय विकास मन्त्रालय लगायतका विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा सम्पन्न गरिएको थियो । विसं २००७ सालको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद चन्द्र बहादुर सार्कीको नाउँमा उक्त छात्राबास भवन निर्माण गरिएको हो । हालको व्यासनगरपालिका–११ तनहुँसूर घर भएका नेपाली प्रजातन्त्र प्राप्तिको लागि आन्दोलनमा हुमिदाँ तनहुँको पुरानो सदरमुकाम बन्दिपुरमा शहादत प्राप्त गरेका थिए ।  शहीद नेपालीको सम्मानमा उक्त क्याम्पस परिसरमा निर्माण गरिएको छात्राबासमा हाल तीस जना छात्रा बसेर अध्ययन गर्दै आएका छन् । छात्राबास अब सत्तरी जनासम्म विद्यार्थी राख्न मिल्ने गरी छात्राबास भवनको दोस्रो तला थप्न लागिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । उनका अनुसार ‘दलित,जनजाति,बाबु आमा गुमाएका,घरबार बिहीन,एकल अभिभावकका सन्तानलाई प्राथामिकता दिएर छात्रबासमा राखिएको छ ।’ छात्राबास भवन निर्माण प्राराम्भ भएको सत्र बर्ष पछि संञ्चालनमा ल्याउन थालिएको क्याम्पस प्रमुख हड्खलेले  बताए  । 
    शहीद चन्द्र नेपाली छात्राबास निर्माण समितिका अध्यक्ष डोवाटे बिश्वकर्मा हुँदा बिभिन्न स्रोत जुटाएर एक ढलानको भवन निर्माण सम्पन्न पश्चात छात्रालाई राख्न थालिएको हो ।  विसं ०७७ सालमा उक्त निर्माण समितिले संञ्चालनको लागि क्याम्पसलाई  जिम्मा दिएको हो । अहिले केशबहादुर सुनारको अध्यक्षतामा व्यवस्थापन समिति बनाएर क्याम्पस र निर्माण समिति दुवै संस्था मिलेर छात्रबास संञ्चालन गदै आएको बताइएको छ । छात्रबासमा एक जना वाडेन र एक जना भान्छे रहेका छन् । छात्रबासमा रहेका छात्राहरुले मेसमा खाना बनाएर खाने गर्दा सस्तो शुल्क पर्न जाने गरेको उनले बताए । क्याम्पसलाई सक्नेले मासिक रु.एक हजार भाडा दिने गरेपनि अधिकाँशको तिर्न नसक्ने क्षमता रहेकोले प्राय ः निशुल्क जस्तै गरिएको बताइएको छ ।  उक्त क्याम्पसमा हाल तीन हजार बढी छात्रछात्राहरु अध्ययनरत गर्दछन् । उक्त क्याम्पसमा स्नात्तोकत्तरसम्मको पढाइ हुने गरेको छ । मानविकी, कर्मस, एजुकेशन, बिबिए ,बिआइटी,बिबिए लगायतका बिषय र तहमा अध्यापन गराइने व्यवस्था रहेको क्याम्पस प्रशासनले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार