तनहुँ ११ बैशाख जनचाहना न्युज
व्यासनगरपालिकाका प्रेस सल्लाहकार प्रदीप काफ्लेले सोमबार राजीनामा दिएका छन् । काफ्लेले व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई राजीनामा दिएका हुन् । बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा व्यासनगरपालिका ३ को वडाध्यक्षका दाबेदार काफ्ले औपचारिक रुपमा राजीनामा दिएको हुन् । व्यासनगरपालिकाको चार बर्षको अवधिमा प्रेस सल्लाहकारको रुपमा काम गर्ने अवसर प्रदान गरेकोमा व्यासनगरपालिकाका नगरप्रमुख सहित सिङ्गो व्यास नगरपालिका परिवार र आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने जिल्लाका सम्पूर्ण पत्रकार प्रति प्रेस सल्लाहकार काफ्लेले आभार प्रकट गरेका छन् ।