जनचाहना न्युज साँकेतिक तस्बीर ः
तनहुँ ११ वैशाख
शुक्लागण्डकी नगरपालिका–५ गल्छीना निवासी २९ बर्षीय बिशाल ढुङ्गनाको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले तीन जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने बर्ष ३८ का बिमल सुनार,शुक्लागण्डकी–८ निवासी २५ बर्षीय सुशिल बि.क.र सोही नगरपालिका वडा नं ३ निवासी ४७ बर्षीय होम बहादुर बिक रहेका हुन् । विसं ०७९ बैशाख ८ गतेदेखि ढुङ्गना घर परिवारसंग सम्पर्क बिहीन भएको भनि उनका परिवारले प्रहरीमा निवेदन दिएका थिए । ईलाका प्रहरी कार्यालय बेलचौताराले बैशाख ९ गते निवेदनको आधारमा हुलियाँ परिपत्र गरी खोजतलास कार्यलाई तीब्रता दिएको थियो । खेजतलास गर्दै जाँदा बैशाख १० गते ११ बजेको समयमा शुक्लागण्डकी नगरपालिका वड नं. ४ र वडा नं. ५ को सिमाना कबरस्थान स्थित पानी जमेको खोल्सामा ढुङ्गना मृत अवस्थामा फेला परेका थिए । उक्त घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा घट्नामा संलग्न उक्त तीन जना व्यक्तिलाई ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोलीले बैशाख ११ गते अन्दाजी २ः०० बजेको समयमा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.१० ढोरफिर्दीबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई तनहुँ जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij