Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

 बसभित्रै यात्रुको सुन लुटेर भाग्दै गरेपछि ....................

  • 408
    SHARES
  • 408 Shares
  • जनचाहना न्युज                                                                                                               साँकेतिक तस्बीर ः 

    तनहुँ १२ बैशाख 
    काठमाडौबाट बसमा पोखरातर्फ आउदै गरेको अवस्थामा बसमा सवार दुई यात्रुको सुनका गरगहना चोरी गर्ने चार महिला पक्राउ परेका   छन् । पक्राउ पर्नेमा जिल्ला पर्सा जितपुरसिमरा उपमहानगरपालिका–३ बस्ने बर्ष २० की दीपा मुसहर,सोही वडा निवासी २५ बर्षीय २५ की खुश्बु मुसहर,१९ बर्षीय प्रियंका मुसहर र १८ बर्षीय फूलकुमारी मुसहर रहेको प्रहरीले जनाएको छ ।  आइतबार ना ६ ख ६४३८ नं. को बसमा सवार बाग्लुङ घर भएकी ५८ बर्षीय निलकुमारि पौडेल र पर्वत निवासी बर्ष ४२ की पार्वती बडुवालको व्यागमा रहेको सुनका बाला, औंठी, सिक्री लगायतका गरगहनाहरु चोरी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सुनका गरगहना चोरी भएको जानकारी प्राप्त हुने बित्तिकै डुम्रे प्रहरी चौकी तनहुँका प्रहरी नायब निरीक्षक बिरेन्द्र खड्काको नेतृत्वमा खटिएको टोलीले खोजतलास कार्यलाई तीब्रता दिएको थियो । खोजतलासको क्रममा बन्दिपुर गाउँपालिका–१ गुरुङटारबाट बन्दीपुरतर्फ भाग्दै गरेको अवस्थामा ती महिलाहरुलाई देखेपछि प्रहरीले नियन्त्रणमा लिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।  पक्राउ परेका उनीहरुको साथबाट  बिभिन्न किसिमका करिब ७ तोलाका सुनका गर–गहना सहित बरामद गरिएको उनले बताए ।  उनीहरु बिरुद्द चोरी मुद्दामा तनहुँ जिल्ला अदालतबाट बाह्र दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको  छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार