जनचाहना न्युज फाइल तस्बीर ः
तनहुँ १४ बैशाख
व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका बासिन्दाहरु बर्षायाम शुरु भएसंगै चिन्तित हुन थालेका छन् । गतबर्ष मादी नदीमा आएको बाढीले बस्ती क्षेत्रलाई असर गर्ने गरी कटान गरेपछि उचित संरक्षण हुन नसक्दा उनीहरु चिन्तित भएका हुन् । स्थानीय जनप्रतिनिधी देखि साँसद,मन्त्रीसम्मले नदी कटान क्षेत्रको अवलोकनमा आउँदा मीठा आश्वसन दिएपनि वेवास्ता गरिएको पाटनबासीको पीडा रहेको छ । अबको निर्वाचनमा पार्टी होइन्,विकास प्रेमीलाई भोट दिएर जिताउने पाटनबासीको भनाई रहेको छ । बस्ती देखि करिब ७० मीटर दुरीमा मादी नदी बगेकोले खतरा रहेको पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिए । अघिल्लो बर्ष तटबन्धनको लागि संम्बन्धित निकायहरुमा हारगुहार गरेपनि कुनै सुनुवाई भएन् । उनले भने,अहिले व्यासनगरपालिका–३ भतेरीमा तटबन्धन निर्माण गर्न लागेपछि सीधै पाटन क्षेत्रमा असर पर्ने देखिएको छ ।’ मादीनदी कटानका कारण त्यसक्षेत्रका करिब ६६३ घरधुरी जोखिममा पर्ने देखिएको छ । तनहुँ क्षेत्र नं २ अन्र्तगत व्यासनगरपालिका वडा नं ५ र ६ मात्रै वडा परेकोले विकास निर्माणका कार्यमा पछि पार्दै आएको प्रति उनीहरुको गुनासो छ । व्यासनगरपालिका मातहत चौध वटा वडामध्ये बाह्र वटा वडा मादीनदी वारि र दुई वटा वडा मादीनदी पारि पर्दछन् । बर्षात हुन थालेपछि नदी किनार आसपासका बासिन्दाहरु रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको तल्लो पाटन खानेपानी संस्थाका अध्यक्ष टंक बहादुर थापा बताए । नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा पर्ने देखिएको छ । यदि समयमै यसतर्फ ध्यान दिन नसकिए करोडौंको क्षति ब्यहोर्नुपर्ने देखिएको छ । त्यसक्षेत्रमा पर्ने बृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकुल आश्रम, पाटन खेलकुद मैदान, पाटन पराशर पार्क, भूपू भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालय लगायतको क्षति हुने खतरा देखिएको छ ।तत्कालिन नगर प्रमुख बैकुण्ठ न्यौपाने,नेकपा एमालेका क्षेत्र नं २ का प्रतिनिधी सभासदस्य केदार सिग्देल,श्रममन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ लगायतकाले बाढीले क्षति पुराएको क्षेत्रको अवलोकन गरी आश्वसन दिएपनि कुनै सुनुवाई नभएको स्थानीयबासी बताउँछन् । तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास रहेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij