जनचाहना न्युज
तनहुँ १६ बैशाख
तनहुँमा मेयर,उपयेर वडाध्यक्ष,सदस्य र खुल्ला सदस्य गरी ९५ जना उम्मेद्वारले शुक्रबार आफ्नो मनोनयन फिर्ता गरेका छन् । बैशाख ३० गते हुनगईरहेको स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वारी दिएका मध्ये उक्त उम्मेद्वारहरुले मनोनयन फिर्ता गरेका हुन् । व्यासनगरपालिकाको मेयर तर्फ नेकपा एसको तर्फबाट शंकरनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेद्वार बृर्षराज श्रेष्ठले मनोनयन फिर्ता गरेका छन् । वडाध्यक्ष तर्फ व्यासनगरपालिका–१ मा राप्रपाबाट बलसुर थापा मगर,व्यास–२ मा नेकपा एसबाट प्रेमकुमार श्रेष्ठ व्यासनगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्रबाट रबिन पौडेल,व्यास–३मा बिकेकशील साझा पार्टीका नन्लबहादुर थापा,व्यास–५ मा नेकपा एसबाट रामलाल श्रेष्ठ, व्यास–१०मा स्वतन्त्रबाट रबि मिश्र,व्यास–११ मा नेकपा माओवादी केन्द्रबाट आइतबहादुर दमै र व्यास–११ मा स्वतन्त्रबाट सुशिल पौडेलले मनोनयन फिर्ता गरेका हुन् ।

त्यसैगरी महिला वडा सदस्य पदमा व्यास–२ मा नेकपा एसबाट सपना श्रेष्ठले मनोनयन फिर्ता गरेका छन् । त्यसैगरी,खुल्ला सदस्यहरुमा व्यास–२मा स्वतन्त्रबाट ओमराज श्रेष्ठ,व्यास–३ मा नेकपा एसबाट बिष्णु पराजुली,नेकपा एसबाटै जेर्मी कुमार मुल्मी र जसपाबाट बुद्दसि) थापाले मनोनयन फिर्ता गरेका छन् । त्यसैगरी,व्यास–१३ मा नेकपा माओवादी केन्द्रबाट रामबहादुर क्षेत्री र नेकपा एसबाट गजिन्द्रराज पन्थले मनोनयन फिर्ता गरेका छन् । त्यसैगरी व्यास–८ मा नेकपा माओवादी केन्द्रबाट रामजी पौडेलले मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
व्यासनगरपालिका १८ जना उम्मेद्वारले मनोनयन फिर्ता गरेको लिखित नामावली आइसेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । दिउँसो अपरान्ह देखि हावाहुरी र पानी परेका कारण बिवरण आउन ढिलाई भएको हुन सक्ने बताइएको छ । अन्य नौ पालिकाबाट ७७ जना उम्मेद्वारले मनोनयन फिर्ता गरेको मौखिक जानकारी आएपनि लिखित आइनसकेको उनले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij