Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा दलित महिला वडा सदस्यमा बिक पहिलो  निर्बिरोध निर्वार्चित

  • 514
    SHARES
  • 514 Shares
  • जनचाहना न्युज 
    तनहुँ १७ बैशाख 
    तनहुँको एक पालिकाबाट दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् ।  जिल्लाको देवघाट गाउँपालिका वडा नं ३ को वडा सदस्य पदमा मनमाया बिक पहिलो निर्बिरोध निर्वाचित बनेकी हुन् ।  उक्त पदमा कसैको पनि उम्मेद्वारी नपरेपछि बिक निर्विरोध रुपमा बिजयी भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए ।  तनहुँमा उम्मेद्वारी मनोनयन फिर्ता गर्नेको संख्या एक सय पन्ध्र पुगेको  निर्वाचन कार्यालय तनहुँले जनाएको छ । नगर प्रमुखमा ६ जना उपप्रमुखमा दुई,अध्यक्षमा सात,उपाध्यक्षमा दुई,वडाध्यक्षमा ४७,वडा सदस्य खुल्लामा पैतिस,महिला वडा सदस्य बाह्र र दलित महिला सदस्य चार जनाले आफ्नो मनोनयन फिर्ता गरेका छन् । तनहुँका दश पालिकाबाट चार सय पैतालिस उम्मेद्वार निर्वाचित भएर आउने छन् । दश पालिकामा एक हजार चार सय मत पेटिका राखिने भएको छ । प्रत्येक मतदान केन्द्रमा ८५ लिटर क्षमताका दुई वटाका दरले मत पेटिका राखिने छन् । दुई सय ९७ मतदान केन्द्रका लागि एक हजार दुई सय मत पेटिका राख्ने योजना भएपनि अपुग हुने देखिएपछि दुई सय थप गरिएको   हो । मतदान केन्द्रमा एक हजार चार सय पचासी जना कर्मचारी र आठ सय एकानब्बे जना स्वयसेविका खटाइनेछ । सुरक्षाकर्मी बाहेक कूल दुई हजार तीन सय छयत्तहर जना जनशक्ति परिचालन गरिनेछ । आज शनिबार राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारका लागि चुनाव चिन्ह प्रदान गरिएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताए । राजनीतिक दलका उम्मेद्वारहरुले आ आफ्नै चुनाव चिन्ह रोज्ने छन् भने स्वतन्त्र उम्मेद्वारहरुले चौध वटा चुनाव चिन्ह मध्येबाट चुनाव चिन्ह रोजेका छन् । पुतली, व्याडमिन्टन, खरायो, गुलाबको फूल, हाँस, आँप, कैची मुढा, खानेपानीको धारा, भूई कटहर लगायतका चुनाव चिन्ह रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार