जनचाहना न्युज
तनहुँ १८ बैशाख
तनहुँको छिमेकी जिल्ला लमजुडको मध्यनेपाल नगरपालिका ४ निवासी ८० बर्षीय भैरब प्रसाद न्यौपाने स्वतन्त्रबाट वडाध्यक्ष पदको लागि उम्मेद्वार बनेका छन् । स्वतन्त्र उम्मेद्वार न्यौपानेको चुनाव चिन्ह भूईकटर रहेको छ । उक्त उमेरमा पनि युवाहरुको जस्तै जोश जाँगरका साथ मतदातासंग भेटघाट कार्यलाई बढाइएको बताइएको छ । त्यसैगरी सोही वडाको वडाध्यक्षमा सुर्य अधिकारी पनि स्वतन्त्र उम्मेद्वार बनेका छन् । नेपाली काँग्रेस पार्टीले टिकट नदिएपछि अधिकारी स्वतन्त्र उम्मेद्वार बनेका हुन् । अधिकारीले चुनावी चिन्ह गुलाबको फुल पाएका छन् । आफ्नो पक्षमा नेतृत्व हत्याउन मतदाताको घर आँगनमा मत माग्न व्यस्त रहेको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij