जनचाहना न्युज
तनहँु २० बैशाख
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले चौरासी थान लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ निवासी २८ बर्षीय रोशन परियारलाई पक्राउ गरेको हो । आबुखैरेनी तनहूँबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाई राखेको अवस्था लागूऔषध फेला परेको हो । डाईजेपामको शिशी २९ एम्पुल नुफिनको शिशी २८ एम्पुल र फेनरागनको शिशी २७ एम्पुल गरी उक्त परिमाणमा लागूऔषध बरामद गरेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । लागूऔषध कारोबारमा संलग्न परियारलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिई तनहुँ जिल्ला अदालतबाट आठ दिनको म्याद थप लिई आवश्यक अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । तनहुँमा पछिल्लो समय लागूऔषध ओसारपसार र सेवनकर्ताहरुको संख्या बढ्दै गएको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij