Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

टिप्परको ठक्करबाट व्यास माहिलीडाँडाकी बिकको मृत्यु,चालक खवास पक्राउ 

  • 435
    SHARES
  • 435 Shares
  •                                                                                                                         फाइल तस्बीर 

    जनचाहना न्युज 
    तनहुँ २२ बैशाख 
    टिप्परको ठक्करबाट तनहुँमा एक महिलाको ज्यान गएको छ । व्यासनगरपालिका–१ माइलीडाँडा निवासी ५६ बर्षीय बसुन्धरा बिकको ज्यान गएको हो । ग १ ख ५८७५ नम्बरको टिप्परबाट निर्माण सामाग्री गिटी खनाउने क्रममा बिहीबार सोही ःवडा निवासी बिकको च्यापिन गई सख्त घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो । महिलाको दमौली स्थित रत्नहरी अस्पताल सामान्य उपचार पश्चात  गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । टिप्पर चालक जिल्लाको म्याग्दे गाउँपालिका– ६ स्थायी घर भइ हाल व्यासनगरपालिका–१ चारकुने निवासी ४८ बर्षीय चेतबहादुर खवासलाई प्रहरीले पक्राउ गरेको छ । निज चालक बिरुद्द सवारी ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । घट्ना पश्चात  घाइते महिलालाई तत्कालै उपचारको लागि दमौली स्थित रत्नहरी मेमोरिएल अस्पतालसम्म पुराउन नेकपा माओवादी केन्द्र व्यास १ को वडाध्यक्षका उम्मेद्वार केहरसिं आले बादलले महत्वपूर्ण भूमिका खेलेका थिए । अथक प्रयास गरिएपनि आमालाई बचाउन नसक्दा दुखी भएको आलेले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार