Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

शुक्लागण्डकीका मेयर पदका उम्मेद्वार पण्डित कस्ता व्यक्ति हुन् ? (बिस्तृत सहित)

  • 365
    SHARES
  • 365 Shares
  • जनचाहना न्युज
    दुलेगौडा २४ बैशाख 

    शुक्लागण्डकी नगरपालिकाको मेयर पदका उम्मेद्वार कृष्णराज पण्डित सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय व्यक्तित्व हुन् । बैशाख ३० गते हुनगईरहेको स्थानीय तहको निर्वाचवनमा शुक्लागण्डकी नगरपालिकाको मेयर पदको नेतृत्व हत्याउन यतिबेला  सक्रिय रुपमा लागिपरेका  छन् । मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । शुक्लागण्डकीलाई समृद्ध नगरपालिका बनाउनको लागि आफुलाई बिजयी गराउन नगरबासीसंग अपिल गरेका छन् ।  सामाजिक क्षेत्रमा काम गरेर कहिल्यै नथाक्ने स्वभावका समाजसेवी पण्डितले म्याग्दे गाउँपालिकाको वडा नं ३ को वडा भवन निर्माणको लागि करिब रु.एक करोड बराबरको जग्गा दान गरेका   छन् ।

    त्यसैगरी पण्डितले जामुने स्थित राधा माध्यमिक विद्यालयलाई रु.एक लाख ७५ हजार र दुलेगौडा स्थित पंञ्चमूनिदेव माविलाई रु.एक लाख ५५ हजार आर्थिक सहयोग गरेका  छन् । त्यसैगरी झरौटा बृद्दाश्रमलाई रु.एक लाख बीस हजार,मुक्तिच्वानधाम  गाछेपानीलाई रु.एक लाख बीस हजार,शहिदकृष्ण मावि कवासेलाई रु.एक लाख बीस हजार र डुम्रे बजार ईकाईको भवन निर्माणको लागि रु.एक लाख बीस हजार,आर्थिक सहयोग गरेका छन् ।

    त्यसैगरी सेतीगंगा सामुदायिक अस्पतालाई रु.५१ हजार,आदिकवि भानुभक्त क्याम्पसलाई रु.५१ हजार,ज्येष्ठ नागरिक आश्रम दमौलीलाई रु.५१ हजार,गाउँफर्कोदय माविलाई रु.५१ हजार र र,खैरेनीटार बजार इकाईलाई रु.५० हजार आर्थिक सहयोग गरेका छन् ।  सरस्वती प्राविलाई रु.२५ हजार,जनजागृति मावि धयरेलाई रु.१५ हजार र अकलादेवी मन्दिरलाई रु.१५ हजार,सरस्वती र थर्पु बजार इकाई रु.१० हजार  आर्थिक सहयोग गरेका व्यक्ति हुन् । त्यसैगरी पण्डितले विभिन्न सामाजिक संघसंस्था समेत आवद्द भएर काम गर्दै आएका छन् । विसं ०७४ सालमा शिक्षक भएर काम गरेर पसले प्रविको स्थापना,विसं ०५८ सालमा पसले प्राविको अध्यक्ष,विसं ०६२ सालमा तनहुँ उद्योग बाणिज्य संघको जिल्ला सदस्य,पसले खानेपानी तथा सरसफाई समितिको संस्थापक अध्यक्ष लायन्स क्लब दुलेगौडा खैरेनीको अध्यक्ष भानुभक्त क्याम्पस संञ्चालक समिति सदस्य भएर काम गरेको अनुभव रहेको छ ।

    त्यसैगरी तत्कालिन सेतीगंगा जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रको कोषाध्यक्ष,पञ्चमूनि माविको सल्लाहकार सदस्य,दुलेगौडा ढोरफिर्दी जाने मार्गको दुई कार्यकाल अध्यक्ष,तनहुँ उद्योग बाणिज्य संघको अध्यक्ष,रेडक्रस सोसाइटी आजिवन सदस्य,रोयल सहकारी संस्थाको अध्यक्ष,सूर्योदय माविको अध्यक्ष,रेडियो ढोरबाराहीको अध्यक्ष,गण्डकी मल्टिपल कलेजको अध्यक्ष हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार