Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासले ८ दिन पछि उठायो,बेवारिसे शव

  • 331
    SHARES
  • 331 Shares
  • जनचाहना न्युज 
    तनहुँ २५ बैशाख  
    व्यासनगरपालिका कार्यालयले बेवारिसे शब ८ दिन पछि व्यवस्थापन गरेको छ । दमौली अस्पताले बेवारिसे शव व्यवस्थापनको लागि पत्रचार गरेको आठ दिन पछि शब उठाएर व्यवस्थापन गरेको हो । ‘व्यासले टेरेन् शीर्षकमा’ समाचार प्रकाशित भएपछि व्यासनगरपालिकााले बल्ल चासो देखाएको हो । पृथ्वीराजमार्ग अन्र्तगत बन्दिपुर गाउँपालिका–५ याम्पा नजिक बेवारिसे शव फेला भेटिएको थियो ।  नाम थर वतन खुल्न नसकेका अन्दाजी ४५ बर्षीय पुरुषको शव फेला परेपछि पोष्टमार्टमको लागि दमौली अस्पतालको शवदाहगृहमा राखिएको थियो । मृतकका आफन्तजनहरु सम्पर्कमा नआएपछि शव व्यवस्थापनको लागि व्यास नगरपालिकासंग गुहार मागिएकोमा ढिलो गरी सुनुवाई भएको बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार